ad

चितवनमा आगलागी हुँदा २ बालबालिकाको जलेर मृत्यु

95


चितवनको राप्तीमा नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ ।

 

राप्ती नगरपालिका वडा नम्बर १ मैनाटार स्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे ।

 




आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आगलागीबाट घर,घरमा भएको लत्ताकपडा , खाद्यान्न ,भाडाकुडा पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

 

सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ ।



You might also like
Loading...