ad

काँग्रेस नवलपुर २ को निर्वाचनमा फेरि अर्को झमेला, निर्वाचन प्रक्रिया नै अवैध भएको भन्दै एक पक्षले दिए उजुरी

204

 


नवलपुर (चोरमारा) । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. २ को निर्वाचनबाट क्षेत्रीय सभापतिमा मत बराबर भएपछि निर्णयमा पुग्न नसकेर समस्या भएको क्षेत्रमा फेरि अर्को झमेला थपिएको छ ।

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचन प्रक्रिया अवैध रहेको भन्दै एक पक्षले उजुरी गरेका छन् ।

 




विभिन्न पदका उम्मेदवारहरुले अमान्य राख्न नेपाली कांग्रेसका विभिन्न निर्वाचन कार्यालयमा निवेदन दिएका हुन् ।

 

 

क्षेत्रीय सभापति पदका उम्मेदवार सुर्य गुरुङ्ग, महाधिवेशन प्रतिनिधि पदका उम्मेदवाहरु हेमुशंकर देवकोटा, खिमनाथ धरेल (कृष्ण), लक्ष्मीदेवी पाण्डे, लक्ष्मी मैनाली, रेवती सारु र दुर्गा बहादुर रानाले संयुक्त रुपमा नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालय नवलपुर, क्षेत्र नं. २ निर्वाचन कार्यालय चोरमारालाई सम्बोधन गर्दै हाल भएको मतपरिणाम घोषणा नगर्न र अहिलेको पक्रिया अमान्य राख्न उजुरी गरेका हुन् ।

 

उनीहरुले सोही पत्र नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको केन्द्रीय कार्यालयका संयोजकलाई बोधार्थ लेख्दै निर्देशन गरि मतगणना नतिजा अमान्य गराई पाउ भनि निवेदन दिएका छन् ।

 

 

नेपाली कांग्रेस नवलपुुर क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा हालको मतपरिणाममा उम्मेदवारहरु सुर्य गुरुङ्ग र जगत बहादुर कार्कीको बराबर मत प्राप्त भएको छ । भने अन्य उम्मेदवारहरु पराजित भएको मतपरिणाम आएको थियो ।

 

उनीहरुले मतदान र मतगणनाको प्रक्रियामा नै प्रश्न उठाउदै मतदान प्रक्रिया शंकास्पद र मतगणना अवैध भएको दावी गरेका छन् ।

 

 

पुनः मतगणना वा पुनः मतदानको माग सहित चार वटा बुँदे माग राखिएको सभापतिका उम्मेद्वार सूर्य गुरुङले बताए ।

 

उनीहरुले नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा ९ को ग अनुसार “तोकिएको कोष्ठ बाहिर पर्नेगरी चिन्ह लगाएको मतपत्र बदर हुने” व्यवस्था विवरित मतदान सदर गरिएको, मतदान कार्यक्रम समापन पश्चात उम्मेदवारहरु वा निजहरुको प्रतिनिधि बीच मत खसेको संख्या यकिन गरी मुचुल्का गरी मत पेटीका बन्द गर्नुपर्ने, उक्त मतपेटिका खुल्न मुचुल्का गर्नुपर्ने, जम्मा खसेको मत र मतपेटिकमा रहेको मत संख्या एकिन गर्नुपर्ने यदी खसेको मत संख्या भन्दा मतपेटिकामा पाइएको मत संख्या बढी भएका सम्पूर्ण मतदान प्रक्रिया रद्द भई पुनः मतदान प्रक्रिया शुरु गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

 

 

 

त्यसैगरी मतदान पश्चात हामी उम्मेदवार वा प्रतिनिधिलाई कुनै खबर सल्लाह नगरी मतगणना पूर्व तयार हुने आचार संहिता सम्बन्धि कसरी तयार गरिएको छ ? हामीले कुनै जानकारी पाएनौं तसर्थ साविक क्षेत्रीय सभापति श्री दुर्गा बहादुर राना ज्यूलाई समेत कुनै मुचुल्कामा रोहवर नराखिएकाले उक्त मत गणना आचार संहिता कुनै १ व्यक्तिको निर्देशनमा र स्वार्थमा तयार भएको अनुभूति भएको छ । तसर्थ उक्त आचार संहिता बदर गरियोस् भन्ने माग गरिएको छ भनिएको छ ।

 

 

यस्तै ४ नं. बुदाँमा निर्वाचनको सर्वमान्य सिद्धान्त, कानुर र नेपाली कांग्रेसको निर्वाचन निर्देशिका २०७८ को प्रावधान बमोजिम मतदान र मतगणना लाई मात्र स्वीकार गर्न सकिने भएकाले पुनः मत गणना गराई पाउ र पुनः मतगणना नहुँदासम्म कुनैपनि मतगणना नतिजा स्वीकार नहुने हुदाँ मत परिमाण घोषणा नगरियोस् भन्ने माग गरिएको छ ।

 

 

निर्वाचन आचार संहिता निर्माण र मतपेटिकामा भएको मतसंख्यामा आफुहरुको प्रश्न रहेको निवेदक मध्येका श्रीधर शर्माले बताए । नवलपुर क्षेत्र नं. २ मा ७ सय ९७ मत खसेको चोरमारामा पहिलो पटक मतगणना गर्दा ७ सय ९६ मत भेटिएको थियो भने कावासोतीमा ल्याएर पुन मतगणना गर्दा ७ सय ९७ मत नै फेला परेको थियो ।

 

 

‘एक पटक गन्दा १ मत कम भेटिने अर्को पटक गन्दा पुन एक मत बढी भेटिनु नै निर्वाचन प्रक्रिया प्रति हाम्रो शंका हो ।’ – सूर्य गुरुङले भने – ‘केन्द्रिय निर्देशिका अनुसार कोष्ठ बाहिर रेजा परेका मतलाई बदर मानेर पुन मतगणना गरौं भन्ने हाम्रो माग हो । हाम्रो केही साथीहरु कोही १ मतले कोही २ मतले पराजित भएका छन् । त्यसैले कोष्ठ बाहिर चिन्ह परेका मतलाई बदर गरेर पुन मतगणना गरिए जुन परिणाम आए पनि हामी मानन तयार छौं ।

 

कांग्रेस नवलपुर क्षेत्र नं २ का सभापतिमा पुनः मत बराबर

 

 

अर्का उजुरी कर्ता श्रीधर शर्माले पार्टी भित्रको चुनाव भएको कारण पुनः मतगणना गर्नुपर्ने र केन्द्रीय प्रावधान अनुसार मत सदर र बदर कायम हुनुपर्ने बताए ।

 

यदी पुनः मतगणना सो बमोजिम हुन नसक्ने हो भने सबै मतदान प्रक्रिया देखि पुनः शुरुवात गर्नुपर्ने आफुहरुको माग रहेको शर्माले बताए ।

 

 

यता नवलपुर क्षेत्र नंं. २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरि प्रसाद देवकोटाले कुनै पत्र वा उजुरी आफूहरु कहाँ नआएको र जिल्ला निर्वाचन कार्यालयमा रहेको उक्त पत्रको सम्बन्धमा जिल्ला निर्वाचन कार्यालयले नै निर्णय गर्ने बताए ।

 

 

देवकोटाले बढी मत पत्र र आचार संहिताको बिषयमा निवेदकहरुले उढाएको प्रश्न जस्तो अवस्था नरहेको बताए ।

 

 

निर्वाचन प्रक्रिया शुरुवात हुदाँ वा गणना भइरहँदा उठ्नुपर्ने सवालहरु अहिले मतपरिणाममा आफु अनुकुल नआएपछि उठाईएको बताए ।

 

सभापति पदका दुवै उम्मेदवारको मत २ पटक गन्दा समेत दुवैको मत ३ सय ९४ र ३ सय ९४ प्राप्त भएको पाइएको थियो ।

 

स्रोतका अनुसार नवलपुर क्षेत्र नं. २ मा ७ सय ९७ मत खसेको चोरमारामा पहिलो पटक मतगणना गर्दा ७ सय ९६ मत भेटिएको थियो भने कावासोतीमा ल्याएर पुन मतगणना गर्दा ७ सय ९७ मत नै फेला परेको थियो जस मध्ये पहिलो पटक मत गन्दा एउटा मत पत्र मतदाता आफैले लिएर गएको २ वटा मतपत्रमा कुनै पनि सभापतिलाई मत नपरेको, ६ मत बदर भएको मतगणना टोलीले उल्लेख गरेको थियो ।

 

 

त्यसैगरी पुन दोस्रो पटक मतगणना गर्दा ७ सय ९७ नै मतपत्र भेटिएको थियो । जसमा ३ वटा मत पत्रमा सभापति पदमा मत नपरेको ६ मत बदर भएको उल्लेख गरिएको थियो ।

 

नेपाली काँग्रेस नवलपुर भित्र नवलपुर २ को मत गणना अब कसरी लैजाने भन्ने विषयमा आइतबार पटक पटक छलफल भए पनि निष्कर्षमा भने पुग्न सकेको थिएन ।

 

 

 

नवलपरासी कांग्रेसमा देउवाइतरको प्यानलै विजयी

 



You might also like
Loading...