नवलपुरमा मिले शशांक र पौडेल पक्षधर, जिल्ला अधिवेशनमा एकै ठाउँमा उभिने


 




 

नेपाली काँग्रेसको केन्द्रिय समीकरणलाई चुनौती दिँदै छुट्टा छुट्टै प्यानलमा उभिएका नेपाली काँग्रेस नवलपुरको महामन्त्री डा. शशांक कोइराला र नेता रामचन्द्र पौडेललको समूह अहिले एकै ठाउँमा उभिएका छन् ।

 

 


वडा अधिवेशनदेखि पालिका, प्रदेश स्तरको क्षेत्रीय अधिवेशन र संघीय स्तरको क्षेत्रीय अधिवेशनमा डा. शशांक कोइराला निकटको समूहले सभापति शेरबहादुर देउवा निकटको समूहसँग मिलेर निर्वाचन लडेका थिए ।

 

 

स्रोतका अनुसार अब हुने जिल्ला अधिवेशनमा भने डा. कोइराला र पौडेल समूह एउटै प्यानलबाट निर्वाचनमा जाने छन् ।

 

क्षेत्रीय अधिवेशन सम्म आउँदा जिल्लामा महामन्त्री शशांक कोईराला र शेरबहादुर देउवा समुहले प्यानल बनाएर चुनावी प्रतिष्पर्धा गरेका थिए भने रामचन्द्र पौडेल समूहले छुट्टै प्यानल बनाएर मैदानमा उत्रिएका थिए ।

 

 

क्षेत्रीय अधिवेशन लगत्तै जिल्लामा भईरहेको समीकरण्ढा परिवर्तनका लागि जिल्लाका नेताहरुको सक्रियता बढेको थियो ।

 

छलफलमा सहभागी जिल्लाका एकजना काँग्रेस नेताका अनुसार जिल्ला अधिवेशनमा कोईराला र पौडेल एकै ठाउँमा उभिनेछन् ।

 

 

जिल्लामा पौडेल निकट महेन्द्रध्वज जिसि , डा कोईराला निकट मदनभक्त अधिकारी लगायतका नेताहरु सभापतीका आकाँक्षी छन् ।

 

 

छलफलमा सहभागी ति नेताले सत्यकलमलाई बताए अनुसार व्यक्तीका बारेमा कुनै निर्णय भएको छैन तर पौडेलले कोईरालाले साझा उम्मेदवार उठाउने सैद्धान्तिक सहमती भएको  छ ।

 

 

नयाँ समिकरणसँगै पौडेल समूहका महेन्द्रध्वज जिसीको जिल्ला सभापति हुने सम्भावना ह्वात्तै बढेर गएको छ तथापि डा. कोइराला समूहका पनि केही जिल्ला स्तरका नेता सभापतिमा आकांक्षी देखिएका छन् ।

 

स्रोतका अनु्सार काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोईरालाकै उपस्थितीमा यस्तो सहमती भएको हो ।

 

 

यस अघि क्षेत्रीय अधिवेशन सम्म महामन्त्री कोईराला र सभापती देउृवा पक्षले संयुक्त रुपमा उम्मेदवारहरु चुनावी मैदानमा पठडाएका थिए ।

 

 

पौडेल र कोइृराला पक्षले जिल्ला अधिवेशनमा सहकार्य गर्ने मोटामोटी सहमती जिल्लामानै भएको थियो । त्यसलाई अन्तिम रुप दिन जिल्लाका नेताहरु आईतबार काठमाडौ. गएका थिए ।

 

नवलपुर काँग्रेसले मंसिर १९ गतेलाइ अधिवेशन तोकेको थियो तर केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशन १८ र १९ गतेलाई सारेपछि जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।

 

 

काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले महाधिवेशन अघि जिल्ला अधिवशेन गर्न अब संभव नभएकाले जिल्ला अधिवेशन महाधिवेशन पछि हुने बताए ।

 

 

 




सम्बन्धित
Loading...