ad

सुनवलको बेलिबृज पुल क्षतिग्रस्त, सडक अवरूद्ध, गाउँकाे भित्रीबाट सवारी सञ्चालन

97

सुनवलको बेलिबृज पुल क्षतिग्रस्त, सडक अवरूद्ध, गाउँकाे भित्रीबाट सवारी सञ्चालन-


सुनवल ।पुर्व पश्चिम् राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा निर्माण गरिएको बेलिबृज पुलमा क्षेती पुगे पछि सडक अबरुद्ध भएको छ।

 




गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए पछि अस्थायी रुपमा सवारी साधन संचालनका लागि बेलिबृज बनाइएको थियो।बुटवल नारायणगढ सडक विस्तारका लागि पुल बनाउने काम भैरहेको छ।

 

नयाँ पुल निर्माण गर्ने क्रममा बेलिबृजमा क्षेती पुगे पछि राजमार्ग अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी मनोज कुमार यादवले जानकारी दिए।

 

पुल निर्माण सम्पन्न नहुन्जेल सम्मका लागि डाइभर्सन बनाउने निर्णय भएको र काम सुरु गरि एक हप्ता भित्र डाइभर्सन निर्माण सम्पन्न गरिने एसपी यादवले जानकारी दिए ।

 

तत्कालका लागि बैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।

दाउन्नेकाे सडक बन्दै – फाेटाे फिचर

सडक अवरूद्ध भएपनि गाउँकाे भित्रीबाटाे प्रयाेग भएर यातायात भने सञ्चालनमा आएकाे छ ।



You might also like
Loading...