ad

बुटवल-नारायणगढ सडक निर्माण कछुवा गतिमा

134

 

 


निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ ।

 

सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो ।

 

 




समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ ।

 

१७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास बैंकले ८५ प्रतिशत रकम उपलव्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

 

निर्माण सुरू भएपछि अनेकौं समस्या झल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न आयोजनासँग माग गरेको छ ।

 

आयोजनालाई पठाएको निवेदनमा निर्माण कम्पनीले सडक निर्माण सुरू भएपछि कोरोना कहर निम्तिएको, लगातारको वर्षातले गर्दा साईट क्लियरमा ढिलाई भएको, कामको लोड पनि थपिएको र जसले गर्दा निर्माण कार्य प्रभावित भएको उल्लेख गरेको छ ।

 

सडक आयोजनासँग निर्माण कम्पनीय दुईवर्ष म्याद थप गर्न माग गर्दै पत्र पठाएको हो ।

 

सडक निर्माण दुई प्याकेजमा अगाडि बढाइएको छ भने दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ ।

 

नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने–बुटवल ४९ किलोमिटर बन्ने छ ।

 

दाउन्ने पश्चिमको सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म यो सडक खण्डमा ११ प्रतिशत मात्रै काम भएको जानकारी दिए ।

 

‘कोभिडका कारण सुस्त भएको काम केही समययता भने नियमित भैरहेको छ’, उनले भने ।

 

इन्जिनियर शाक्यका अनुसार अहिले करिब पाँचसय जना कामदारले साइट क्लियरको काम गरिरहेका छन् ।

दाउन्नेकाे सडक बन्दै – फाेटाे फिचर

२०७५ पुसमा ठेक्का सम्झौता भएको यो सडक २२ साउन २०८० सम्म निर्माण सक्नुपर्ने उल्लेख छ ।

 

तर, निर्माण कम्पनीले २०८२ साउनसम्म निर्माण सक्नेगरी पत्र पठाएको इन्जिनियर शाक्यले बताए ।

 

म्याद थपको माग निर्माण कम्पनीले गरेपछि आयोजनाले सडकको अवस्थाबारे बुझ्न विज्ञहरूको टोली खटाएको छ ।

 

कोरोना कहरका कारण निम्तिएको लकडाउन र त्यसअघि रुख कटानको स्वीकृती र विद्युतका पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो ।

 

तर, अहिले भने यी सबै काम नियमित रुपमा अगाडि बढेको इन्जिनियर शाक्यले बताए ।

 

विद्युत प्राधिकरणले पोल नसारिदिएपछि निर्माण कम्पनी आफैले पोल सारिरहेको छ ।

 

दाउन्ने लगायतका केही स्थानमा रुख कटानको काम पनि भइरहेको छ ।

 

 

 

सडक आयोजना खण्ड ‘क’ का प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी रहेको बताए । ‘तर अहिलेसम्मको प्रगति भने सन्तोषजनक छैन’, उनले भने ।

 

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणगढलाई फास्टट्रयाक सडकले जोड्ने गरी यो सडक बिस्तारको काम सुरू भएको हो ।

 

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले ८ चैत २०७५ बुटवलको राजमार्ग चौराहामा सडक बिस्तारको शिलान्यास गरेका थिए । न्युज कारखाना

सुनवलको बेलिबृज पुल क्षतिग्रस्त, सडक अवरूद्ध, गाउँकाे भित्रीबाट सवारी सञ्चालन

.



You might also like
Loading...