ad

कावासोतीमा वीग उत्पादन कार्यक्रमको उद्घघाटन

87

कावासोती, मंसिर १९

 

महिलाहरु उद्यमशिल आत्मनिर्भर बन्नु पर्ने प्रतिनिधि सभा सदस्य तिलक महतले बताएका छन्

नवलपुरको कावासोती दुईमा रहेको कोशेली महिला उपभोक्ता सहकारी संस्थाको आयोजना, पिठौली महिला सहकारी संस्थाको सहआयोजना सिन वन वीग कम्पनी काठमाण्डौको सहयोगमा सुरुआत गरिएको वीग् उत्पादन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उनले सो कुरा बताएका हुन्

उनले देशमा गणतन्त्र ल्याउदा संविधानमा महिलाहरुका लागि ३३ प्रतिशत हक सुरक्षित गरेको बताउँदै  शिन् वन् विग् प्राइभेट लिमिटेडले प्रायोजन गरेको विग उत्पादन कार्यक्रममा सहभागी महिलाहलाई  उद्यमशिल हुने तबरबाट सिक्न आग्रह गरे उनले सिकेको शीपलाई  व्यवसायीमुखी बनाउन आग्रह गरे महिलाहरुले सिकेको शीपबाट आर्थिक पाटोलाई सहयोग पुग्ने बताए

यस्तै कार्यक्रममा कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले उक्त विग् उत्पादन अर्थात् कृतिम कपाल उत्पादन कार्यलाई अगाडि बढाउन सक्यो भने महिलाहरु स्वरोजगार बन्ने बताए उनले देशमा महिलाहरु आर्थिकरुपमा बलियो भयो भने देशको अर्थतन्त्र नै बलियो हुने विश्वास व्यक्त गरे

कार्यक्रममा बोल्दै सिन वन वीग कम्पनीका चेयरमेन किम जोङ्ग वनले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि यस कार्यक्रमले टेवा पु¥याउनेमा जोड दिए नेपालमा महिलाहरुको सक्रियता मेहेनतबाट आफु प्रभावित बनेको भन्दै वीग उत्पादनमा सहभागि भएका महिलाहरुलाई लगनशील भएर काम गर्न सके राम्रो आयआर्जन गर्न सकिने बताए

कार्यक्रममा वडा नं. दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल , नेकपा एमाले कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढुङ्गाना ,नेपाली काङ्गेस कावासोती नगर सभापती शालिकराम ढकाल, कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कंडेल , शिव नमुना माविका विद्यालय व्यवस्थापन समिती अध्यक्ष बाबुराम विश्वकर्मा , नवलपुर उद्याृग वाणिजय संघा अध्यक्ष डासुराज पोख्रेल, शिव मन्दिर महिला बहुउदेश्यी सहकारी संस्थाका अध्यक्ष गीता अर्याल ,  सामाजिक वयक्तीत्व लीला थनेत लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए

कार्यक्रममा कोशेली महिला उपभोक्ता सहकारी संस्थाका सल्लाहाकार  राजेन्द्र देवकोटाले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य पिठौली महिला सहकारीका अध्यक्ष कृतिमा सापकोटाले गरेका थिए

 

तालिम कोसेली महिला उपभोक्त सहकारी संस्था लिमिटेडको आयोजना, पिठौली महिला सहकारी संस्था लिमिटेडको सहआयोजना शिन् वन् विग् प्राइभेट लिमिटेड काठमाडौँको सहयोगमा कावासोतीमा वीग (कृतिम कपाल)  बनाउने शीप सिक्ने आत्मनिर्भर हुने गरि कार्यक्रममा सय ५० जना महिला दिदिवहिनीको सहभागि रहेको सिन वन वीग कम्पनीका डाईरेक्टर खेम भट्टराईले बताए

यस कम्पनीले यहाँका महिलाहरुले उत्पादन गरेको वीगको बजारीकरण जिम्मेवारी लिएको महिलाहरुले वीग उत्पादन गर्न सिकेपछी नै उत्पादन भएको वीगबाट आयआर्जन गर्न सुरु गर्नुहुने हुँदा यस कार्यक्रमबाट धेरै महिलाहरु स्वरोजगार बन्ने उनले बताए

कार्यक्रमको समापन  गर्दै कोशेली महिला उपभोक्ता सहकारी संस्थाका अधयक्ष लक्ष्मी सापकोटाले कोशेलीले अन्य सहकारी भन्दा केही नयाँ परिणाममुखी काम गर्नुपर्छ भन्ने उद्देश्य लिएकाले उक्त उद्देश्य प्राप्तीका लागि लाागि परेको बताए

वीग उत्पादनमा सहभागि महिलाहरुलाई उनले नआत्तिकन धैर्य गरेर काममा लाग्न आग्रह गरे   यस काममा लागेर महिलाहरु आत्मनिर्भर बनिसकेको उदाहरण समुदायमा रहेकाले कुनै पनि शंका नगरिकन काम गर्न उहाँले आग्रह गरे उनले स्थानीय सरकारसंगको समन्वयमा कम्पनीको सुरुआत भएकाले निरन्तरताको लागि सबै मिलेर सफल बनाउनुपर्नेमा उनले जोड दिए महिलाको आयआर्जनमा टेवा पुग्ने कार्यक्रम भएको हँुदा धैर्यताका साथ काममा लाग्न अनुरोध गरे

यस्तै सिन वन वीग कम्पनीको पनि आईतबार रिबन काटेर उद्घाटन गरिएको कोशेली घरको माथिल्लो तलमा प्रमुख अतिथी तिलक महत किम जोङ्ग वनले उद्घाटन गरेका हुन्



You might also like
Loading...