ad

गेष्ट हाउसमा २ बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

101

 


 

काठमाडौंको कोटेश्वर स्थित गेष्ट हाउसमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

 

 




पक्राउ पर्नेमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली साह छन् ।

 

 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मंसिर १५ मा कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसबाट १२ वर्षीया र १५ वर्षीया बालिकालाई उद्दार गरेको थियो । ती बालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

 

 

मकवानपुरबाट दुई बालिकालाई फकाएर ल्याएर शाहले बलात्कार गरेको सुराक पाएपछि प्रहरीले गेष्ट हाउसमा छापा मारेर बालिकालाई उद्दार गरेको हो ।

 

 

बालिकाका आफन्तलाई उनले काठमाडौंमा लगेर ‘पढाउन’ भनेर ल्याएका थिए ।

 

 

माइती नेपालले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत बानेश्वरले आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शाह मकवानपुर स्थित पीडितको घरमा गइरहन्थे ।

 

 

 

त्यहाँबाट बस चढाएर काठमाडौं ल्याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत बानेश्वरले जनाएको छ ।



You might also like
Loading...