गण्डकी प्रदेश स्तरीय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ प्रथम


 




 

गैडाकोट । राष्ट्रिय तेक्वादो संघ नेपाल जिल्ला नवलपुर गैँडाकोट नगरसमितिले आयोजना गरेको प्रथम गण्डकी प्रदेश स्तरिय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ ७ वटा स्वर्ण, ८ सिल्भर र ५ कास्य पदक प्राप्त गरि प्रथम हुन सफल भएको छ ।

 

 


त्यस्तै नवप्रताप तेक्वान्दो डोजाङ रुपन्देहि ६ स्वर्ण, ७ सिल्भर र ७ कास्य पदक प्राप्त गरि द्वितिय स्थान हासिल गरेको हो । बाह्रघरे तेक्वान्दो डोजाङ चितवन ४ स्वर्ण, ७ सिल्भर र ३ कास्य पदक प्राप्त गरि तृतिय भएको राष्ट्रिय तेक्वादो संघ नेपाल जिल्ला नवलपुर गैँडाकोट नगरसमिति अध्यक्ष गोपाल परियारले जानकारी दिए ।

 

 

यस्तै माडी तेक्वान्दो डोजाङ सन्त्वना भएको छ ।

 

 

प्रतियोगितामा रुपन्देहीबाट विजय थारु र ९ बर्षका सञ्जिता गुरुङ उत्कृष्ट खेलाडी भएका छन् । प्रतियोगितामा २ सय खेलाडी सहभागी रहेको थियो ।

 

 

 

विजयी खेलाडीलाई गैडाकोट नगरप्रमुख छत्रराज पौडेलले पुरस्कार वितरण गरेका थिए ।

 

 

उनले खेलले स्वास्थ्य र पहिचान दिन सहयोग गर्ने र अनुशासन पनि सिकाउने हुनाले महत्वपूर्ण रहेको बताए । साथै खेल क्षेत्रको विकासका लागि नगरपालिकाको सहयोग रहने पौडेलले बताए ।

 

कार्यक्रममा जनप्रतिनिधिहरु डिलाराम रिजाल, प्रेमप्रसाद सापकोटा, राष्ट्रिय तेक्वादो संघ नेपालका केन्द्रिय सदस्य विकास श्रेष्ठ, जिल्ला खेलकुद समितिका पदाधिकारीको उपस्थिती रहेको थियो ।

 

 

कार्यक्रमको सञ्चालन राष्ट्रिय तेक्वादो संघ नेपालका केन्द्रिय सदस्य विकास श्रेष्ठले गरेका थिए ।

 

 

 




सम्बन्धित
Loading...