ब्लकबस्टर ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा – vedio हेर्नुहाेस्


अंग्रेजी महिनाको डिसेम्बरमा नेपाली चलचित्रहरु धमाधम युट्युबमा सार्वजनिक भइरहेका छन् ।




डिसेम्बरमा युट्युबबाट राम्रो आम्दानी
हुने भएकाले पनि विभिन्न डिजिटल कम्पनीहरुले दर्शकले प्रतीक्षा गरिरहेका चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् ।

२०७६ सालको असोजमा रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ ।




रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार शीर्ष भूमिकामा छन् ।

त्यस्तै, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल लगायतका कलाकारहरुको समेत यो चलचित्रमा अभिनय छ ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार छन् ।

यो चलचित्रले व्यावसायिक रुपमा सफलता कायम गरेको थियो । ‘कबड्डी’का हरेक सिरिज व्यावसायिक रुपमा सफल छन् ।

यतिबेला ‘कबड्डी’को चौथो सिरिज निर्माणको क्रममा छ । चलचित्रको केही दिनअघि मात्रै छायाँकन सकिएको छ ।

‘कबड्डी ४’लाई निर्देशक रामबाबु गुरुङले अन्तिम सिरिज भएको बताएका छन् ।




सम्बन्धित
Loading...