पश्चिम २३ बर्ष पछि फरार अभियुक्त पक्राउ


 

 




 

परासी । नवलपरासी (पश्चिम) प्रहरीले २३ बर्षदेखि फरार रहेका १ जना अभियुक्त पक्राउ गरेको छ ।

 

 




२०५ साल फाल्गुन १९ गते नवलपरासी जिल्ला अदालतबाट लागु औषध मुद्धामा फैसला भई तत्काल १ बर्ष, ६ महिना कैद सजाय र रु ५ हजार जरिवाना तोकिएका जिल्ला नवलपरासी साविक ठुलो खैरेटवा गा.वि.स. वडा नं. ४ हाल प्रतापपुर गाँउपालिका वडा नं. ०८ बस्ने बर्ष ४१ को त्रिलोकी केवटलाई प्रहरीले आज पक्राउ गरेको हो ।

 

 

 

प्रहरी चौकी पांचपेडाबाट खटिएको प्रहरी टोलीले आज प्रतापपुर गाँउपालिका वडा नं. ०८ खैरेटवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

 

 

 

निजलाई आवश्यक कारवाहीको लागि सम्मानीत नवलपरासी जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागि निज त्रिलोकी केवट आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 

 

 




सम्बन्धित
Loading...