चितवनमा कलेज बसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते


 

 




चितवनको भरतपुर बाइपास रोडमा अर्किड कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

 

 




मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं २ निवासी ५५ वर्षीय रामहरि श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा साँझ ७ पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

 

सोही मोटरसाइकलमा सवार सोही ठाउँका ५४ वर्षीय पुरन श्रेष्ठको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

 

 

साँझ साढे ६ बजेको समयमा आँपटारीबाट मालपोतचोकतर्फ जाँदै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जाँदै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

कलेज बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

 

तस्बिर:  सामाजिक सञ्जाल

 

 

 

 




सम्बन्धित
Loading...