‘अवतार २’को छायांकन सकियो, सम्पूर्ण दृश्य पानीमुनिका


 




 

सन् २००९ मा रिलिज भएको हलिउडको सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘अवतार’को दोस्रो सिरिजको छायांकन सकिएको छ । यो चलचित्रको सम्पूर्ण छायांकन पानीमुनि गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

 

 


जेम्स क्यामरुनको निर्देशनमा बनेको यो चलचित्रको पाँचवटा सिरिज बनाउने घोषणा सन् २०१० मा गरिएको थियो ।

 

 

आठ पटकसम्म निरन्तर पोष्टपोन्ड भएपछि ‘अवतार २’ सन् २०२२ को डिसेम्बर १६ मा रिलिज गर्ने तयारी गरिएको छ ।

 

 

यस्तै, यसको तेस्रो सिरिज सन् २०२४ को डिसेम्बर २०, चौथो सिरिज सन् २०२६ को डिसेम्बर १८ र पाँचौं सिरिजलाई सन् २०२८ को डिसेम्बर २२ तारिखमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

 

 

 

 

यो चलचित्रको दोस्रोदेखि पाँचौं सिरिजको निर्माणका लागि १७ हजार करोड डलर लाग्ने बताइएको छ । सन् २००९ मा २ हजार ९०० करोडमा तयार भएको ‘अवतार’ले ३२ हजार ५ सय करोड कमाएको थियो ।

 

 

 

‘अवतार’को बाँकी चारवटा सिरिजले सबैभन्दा महँगो सिरिजको रेकर्ड बनाइसकेको छ । ‘अवतार २’ले ‘अवतार’को रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ ।

 

 

 

 

 

 




सम्बन्धित
Loading...