कतारमा कार्यरत युवाहरुले गरे नवलपरासीमा चार लाख सहयोग


 




नवलपरासी । बैदेशिक रोजगारीका क्रममा कतारमा पुगेका युवाहरुले स्थापना गरेको सामाजिक संस्था नवलपरासी सेवा समाज कतारले नवलपरासी जिल्लाका ३ विद्यालय एवै एक अस्पतारमा एक एक लाख गरि चार लाख रकम सहयोग गरेका छन ।

 

 

सुनवल, वर्दघाट, प्रतापपुर र सुस्तामा रहेका ३ विद्यालय एव एक अस्पतालमा विपन्न परिवार सदस्यहरुको सहयोगका लागि भन्दै चार वटा संस्थाहरुमा एक÷एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको नवलपरासी सेवा समाज कतारका सल्लाहाकार मोहन कार्कीले बताउनु भएको छ ।

 

 




नवलपरासीवाट श्रमका लागि कतार गएका नेपाली युवाहरु संठित भएर संचालन गरेको नवलपरासी सेवा समाज कतारमा संकलन हुने आम्दानीको एक प्रतिशत आफ्नो जिल्लाको सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य अनुरुप उक्त चार संस्थाहरुमा एक÷एक लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको समाजका सलाहाकार कार्कीले बताउनु भएको छ ।

 

 

 

नवलपरासी सेवा समाज कतारका कोषध्यक्ष गिरी राज पाठक एवं समाजका सल्लाहाकार मोहन कार्कीको उपस्थितीमा नवलपरासीको सुनवल नगरपालिका वार्ड नम्बर ५ बनकट्टी स्थित भगवती माध्यामिक विद्यालय, बर्दघाट नगरपालिका वार्ड नम्बर ७ बेतानी स्थित राष्ट्रिय माध्यामिक विद्यलय, सुस्ता गाउँपालिकाको पक्लीहवा स्थित दिपक माध्यामिक विद्यालय एवं बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृति सामुदायिक अस्पतालमा एक एक लाख रुपैयाँको अक्षकोष स्थापनाका लागि रकम प्रदान गरिएको समाजका कोषध्यक्ष गिरीराज पाठकले बताए ।

 

 

समाजले अक्षयकोष स्थापनाका लागि प्रदान गरेको एक लाख रुपैयाँको वार्षिक ब्याज रकमवाट २५ प्रतिशत रकम कोषमा नै जम्मा गरेर बांकी ७५ प्रतिशत रकमले विद्यालयहरुले वार्षीक रुपमा आफ्ना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने छ भने अस्पतालमा स्थापना गरीएको अक्षयकोषको रकमको ७५ प्रतिशत रकमबाट विरामी हुदा उपचार गर्न नसक्ने विपन्न परिवार सदस्यहरुका लागि रकम प्रदान गरिने ब्यवस्था गरिएको बताईएको छ ।

 

 

 

 




सम्बन्धित
Loading...