सुनवलको पाल्पा सिमेन्टको प्रदुषणले नगरपालिका कार्यालय प्रभावित


 




 

गोपी ज्ञवाली –




नवलपरासी । पश्चिम नवलपरासीको सुनवल असनैया स्थित पाल्पा सिमेन्ट उद्योगबाट निस्किएका प्रदुषणका कारण देवदह नगरपालिकाको कार्यालय सहित यस क्षेत्रका स्थानियवासी प्रभावित भएका छन ।

 

पश्चिम नवलपरासी सुनवल ७ असनैयाको कजरार खोला किनारामा स्थापना भएको पाल्पा सिमेन्ट ईन्डस्ट्रज लिमिटेड लिमिटेडको धुलो र धुवाका कर्णका कारण उद्योगको नजिकै रहेको देवदह नगरपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीबाट लिएर कार्यालयका सामानहरु सम्म धुलोका कारण प्रभावित हुने गरेको देवदह नगरपालिकाका सुचना अधिकृत टिकाराम शर्माले बताउनु भयो ।

 

५ वर्ष पहिला स्थापना भएको पाल्पा सिमेन्ट उद्योग धुलो र धुँवा विहिन आधुनिक उद्योग भएको भन्दै स्थापना भएको भए पनि अहिले उद्योग संचालनमा आएको ५÷६ वर्ष नवित्दै उद्योगबाट उडेको धुलोका कारण वरपरका बस्तीहरु एवं सेवाप्रदायक कार्यालयहरु समेत प्रभावित हुने गरेको भए पनि उद्योगले यो समस्यमा कुनै चासो नदिएको सुनवल नगरपालिका वार्ड नम्बर ७ का अध्यक्ष बसन्त राज दहालले बताउनु भएको छ ।

 

धुँवा, धुलो रहित आधुनिक उद्योग भनिएको भए पनि पाल्पा सिमेन्ट उद्योगबाट उडेको धुलोका कारण उद्योग देखी करिब एक सय मिटरको मात्र दुरीमा रहेको देवदह नगरपालिकाका विद्युतिय सामानहरु धुलोका कारण छिटो छिटो जाम हुने गरेको छ भने कार्यालयको माथिल्लो भागमा सिमेन्टको मसिनो पाउडर जम्मा हुने गरेको देवदह नगरपालिकाका सुचना अधिकृत शर्माले बताउनु भयो ।

 

 

नगरपालिका कार्यालयको ठिक पछाडी पुर्व तर्फ रहेको यस उद्योगमा मशिनहरु चलेको अवाजले नगरपालिका कार्यालयका पुर्व तर्फका झयाल, ढोकाहरु खोल्नै नमिल्ने अवश्था नरहेको बताईएको छ ।

 

उद्योग सुनवल नगरपालिकामा रहेका भए पनि उद्योग देवदह नगरपालिका कार्यालयको अन्यन्तै नजिक करिब सय मिटरको दुरीमा रहेकाले यसले सबै भन्दा नकारात्मक असर देवदहलाई पारेको देवदह नगरपालिकाका सुचना अधिकृत शर्माले बताउनु भयो ।

 

सिमेन्ट उद्योगले कति प्रदुषण गरेको छ भन्ने विषयमा अहिले सम्म कुनै अध्ययन नभएकोले उद्योगको प्रदुषणले यस क्षेत्रका मानिसमा कति हानि पुर्याएको छ भन्ने तथ्यांक नभएको भए पनि मानविय जिवनमा उद्योगले वायु एवं ध्वनि प्रदुषण भने गरेको र यसको नकारात्मक परिणम केही समय पछि नै देखीने देवदह नगरपालिकाका वातावरण तथा विपद ब्यावस्थापन शाखा प्रमुख ईन्जीनियर रवि पाण्डेले बताउनु भएको छ ।

 

रुपन्देही र नवलपरासीको सिमानाको रुपमा रहेको कजरार खोला किनारामा स्थापना गरिएको पाल्पा सिमेन्ट ईन्डस्ट्रज लिमिटेडको वायु र ध्वनि प्रदुषणका कारण नवलरासीको असनैया क्षेत्रका बस्तीहरु र रुपन्देहीको ऐतिहासिक देवदह क्षेत्रमा प्रदुषण फैलाएको र यसको नकारात्मक प्रभावले आगामी दिनमा दुवै जिल्लाका स्थानियवासीन्दा सहित एतिहासिक देवदहमा आउने प्रर्यटकहरुलाई समेत नकारात्मक प्रभाव पार्ने देखीएको सुनवल नगरपालिका वार्ड नम्बर ७ वडा अध्यक्ष बसन्त राज दहालले बताउनु  भयो ।

 

उद्योग संचालकहरुले स्थानिय जनता एवं जनप्रतिनिधीहरुसंग कुनै सरोकार नराख्ने गरेको अध्यक्ष बसन्त दहालको भनाई रहेको छ ।

 

पाल्पा सिमेन्ट ईन्डस्ट्रज लिमिटेड लिमिटेडका महाप्रबन्धक राजकुमार अग्रवालले भने उद्योग धुँवा र धुलो रहित आधुनिक उद्योग भएकाले उद्योगबाट धुलो ननिस्कीएको र बरु उद्योगको बाहिर चल्ने टिप्परका कारण धुलो उठेको हुन सक्ने भएकाले टिप्पर हिडने सडकमा दिनमा अनेक पटक पानी छर्ने काम गरिएको बतउनु भएको छ । नेपाली उद्योगीहरुको पुर्ण लगानीमा स्थापना भएको यो उद्योग ७ अरब ५० करोड रुपियाँको लगानीमा ५ वर्ष पहिला स्थापना भएको थियो ।

मुख्य रुपमा सिमेन्ट उद्योगहरुलाई आवश्यक पर्ने मुख्य कच्चा पदार्थ चुनढुंगाको खानी पाल्पा र नवलपरासीको सिमाना क्षेत्रमा पाईने र चुन ढुंगाको खानी नजिकैको मैदानी क्षेत्र नवलपरासीको यो क्षेत्र पर्ने भएकाले नवलपरासीमा सिमेन्ट उद्योगहरु धेरै स्थापना भएका छन ।

 

 

 

 




सम्बन्धित
Loading...