नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु


 




नारायणीको पुलबाट नदीमा हामफालेकी महिलाको मृत्यु भएको छ ।

 


दिउँसो करिब १२ः५५ बजेको समयमा पुलमाथिबाट नदीमा हामफालेकी अन्दाजी १८ वर्षीय महिलालाई प्रहरीले उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो ।

 

उपचारका क्रममा १ः३० बजे निज महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । महिलाको सनाखत अझै हुन सकेको छैन ।

 

शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

 

मृतक महिलालाई चिन्ने आफन्त वा चिनजानको व्यक्तिले सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ ।

 




सम्बन्धित
Loading...