मिलन पाण्डे पक्षको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज


१९ पुस, काठमाडौं। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ ।




विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको उजुरी आयोगको पुस १२ गते बसेको बैठकले कुनै सुनुवाइ नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनले भने, ‘पाण्डेले विधान संशोधन गर्ने सम्‍बन्धमा दिएको निवेदन उपर आयोगले कुनै निर्णय गर्न चाहेन। उहाँको निवेदनमाथि आयोगको पुस १२ को बैठकले कुनै निर्णय गरेन ।’




निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाउँदै अद्यावधि गर्न उजुरी दिएको थियो ।

पाण्डे पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध निर्वाचन आयोगमै पुनरावेदन दिने र निर्णय नसच्याए अदालतसम्म जाने तयारी गरेको छ ।




सम्बन्धित
Loading...