एक लाख पुरस्कार राशीको भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोतमा सुरु, आज ३ खेल हुँदै


 




अग्रेजी नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्तिको अवसर पारेर नवलपुरको कावासोती १७ गोछडामा सोमबारदेखि राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

 

प्रतियोगिताको संघीय सासंद तिलक महतले खेलाडीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उदघाटन गरेका छन् ।

 




उद्घाटन कार्यक्रममा बोल्दै खेलाडी भनेको राष्ट्रको गौरब र खेल क्षेत्र नगर ,जिल्ला , देश तथा विदेशमा समेत देश चिनाउने माधयम रहेको बताए । उनले देशलाई विश्वमा नै चिनाउने खेल क्षेत्रको विकासका लागि आफु सदैव तयार रहेको बताए ।

 

कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीया , कावासोती वडा नं. १० का अध्यक्ष टेक नारायण महतो , १७ का अध्यक्ष छविलाल महतो , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन , रिटर्नी माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत , समाजसेवी रामकृष्ण ढुङाना , भेष बहादुर अधिकारी , ईन्द्र सिग्देल , युक्त प्रसाद गौडेल लगायतका अतिथिहरुको सहभागिता रहको थियो ।

उद्घाटन कार्यक्रम रिटर्नी माईग्रेन्ट नेपाल नवलपुर शाखाका अध्यक्ष भिम बहादुर महतोको अध्यक्षतामा भएको थियो । कार्यक्रममा खेल संयोजक पुष्परत्न महतोले स्वागत मन्तव्य राखेका थिए । उनले युवा अवस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका कतिपय खेलाडीहरूलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त गराउन मदत पुग्ने बताए ।

 

कार्यक्रममा सरस्वती माविका शिक्षक डिल्लीराम न्यौपानेले सहजीकरण गरेका थिए ।

यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबचि भएको खेलमा नवलपरासी पश्चिम एकका बिरुद्ध दुई गोल अन्तरले विजयी भएको हो ।

 

नवलपरासीको तर्फबाट जर्सी नं. ९ का कृष्ण शर्मा र जर्सी नं. ११ का नर बहादुर रानाले गोल गर्नुभएको थियो । भने ,चितवनका लागि जर्सी नं. १३ का सोम लामाले एक गोल गरे ।

उद्घाटन खेलमा नवलपरासीका खेलाडी राजु गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् ।

मंगलबार तीन वटा खेल हुदैछन् । पहिलो खेल आयोजक नवलपुर र रजहर चर्चबीच बिहान ११ बजे हुँदैछ । आयोजकको तर्फबाट गायक बद्री पंगेनीले मंगलबार खेल खेल्ने नेत्र थनेतले जानकारी दिए ।

 

प्रतियोगितामा नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासी सहित काठमाण्डौ, पोखरा, हेटौँडा , चितवन , सुर्खेत वीरगञ्जका गरि १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख, ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्धीतीय हुने टिमले नगद ५१ हजार , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलकर्ता , उत्कृष्ट खृलाडीले समेत नगद पाँच हजार र ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

४० वर्ष माथिका खेलाडीहरूले मात्रै खेल्ने भेट्रन्स कप फुटबल प्रतियोगिता कावासोती १७ को गोछडा स्थित सरस्वती माविको खेल मैदानमा सुरु भएको हो ।

 




सम्बन्धित
Loading...