नेपालमा जलचराको सङ्ख्या घट्दै : विषादीको प्रयोग र जलवायु परिवर्तन मुख्य कारण





नेपालमा जलचराको सङ्ख्या घट्दै गएको छ । प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी हुँदै गएको हो ।

ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित क्षेत्र, घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो धेरै समय बिताउने आश्रित चरालाई जलपक्षी वा पानी चरा भनिन्छ।




राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपक्षी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि त्यस क्षेत्रमा केही नयाँ प्रजातिका चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताउनुभयो ।

यो  क्षेत्रमा गएको वर्ष ५५ प्रजातिका नौ हजार ५ सय ६५ चरा फेला परेका थिए । उहाँका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, विषादीको प्रयोग, अवैध चरा सिकार तथा व्यापार, बदलिँदो तापमान र जलवायु परिवर्तन जस्ता कारणले पनि जलपक्षी विस्थापित हुँदै गएका छन् ।

उहाँले यकिन तथ्याङ्क भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताउनुभयो । नेपालमा अभिलेख भएका ८ सय ८९ प्रजातिका चरामा २ सयको हाराहारी जलपक्षी छन् । तिनमा पनि झण्डै १ सय प्रजाति हिउँदे आगन्तुक चरा रहेका छन् ।




सम्बन्धित
Loading...