कावासोतीमा घाँस काट्ने क्रममा मेसिनले हात काटेर घाइते





कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा घाँस काट्ने क्रममा हात काटेर एक जना घाइते भएका छन् ।

कावासोती १६ सातघरे बस्ने बर्ष ३५ को यम बहादुर थनेतले आफ्नै थनेत तथा पशु कृषि फर्ममा घाँस काट्ने मेसिनमा घाँस काट्ने क्रममा बाँया हातको नाडी अर्ध काटीएको नवलपुर प्रहरीले जनाएको छ ।
उनको अवस्था मध्यम रहेको र मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागि नयाँ मेडिकल कलेज, चितवन पठाईएको प्रहरीले जनाएको छ ।







सम्बन्धित
Loading...