ad

नक्क’ली नोट कारोवारमा संलग्न २ जना नवलपरासीबाट पक्रा’उ

1,626


रामकुमार श्रेष्ठ –
परासी । पश्चिम नवलपरासीबाट प्रहरीले नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बुद्धचोकबाट पक्राउ गरेको हो । सदरमुकाम परासीका विभिन्न पसलहरुमा नक्कली नोट साटी रहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।




पक्राउ पर्ने रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु जिल्लाको शुद्धोदन गाँउपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमानलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ ।

निजहरु दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी (नक्कली नोट) कसुरमा मुद्धा दर्ता गरी सम्मानित नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भैरहेको शाहीले बताए ।



You might also like
Loading...