जिल्ला प्रहरी कार्यालय नवलपुरमा नागरिक प्रहरी पुस्तकालयको स्थापना





जिल्ला प्रहरी कार्यालय नवलपुरमा नागरिक प्रहरी पुस्तकालयको स्थापना गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख  प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय परिसर भित्र पुस्तकालयको उदघाटन गर्नु भएको हो ।




नागरीक र प्रहरी बीचको समन्वयलाई सुदृढ गर्न र बाह्य  ज्ञानको सीमालाई बढाउनको निमित्त ‘नागरिक(प्रहरी पुस्तकालय’ को स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कार्यक्रम गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखबीच भएको कार्यसम्पादन सम्झौताको अनुसार संचालन भएको र यस कार्यक्रमको लागी कावासोती नगरपालिका, गैंडाकोटन गरपालिका, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाबाट फर्निचर र पुस्तक सहयोग प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुस्तकालय आम नागिक र प्रहरी कर्मचारीहरुको लागी खुला गरिने छ ।

यस अघि जिल्ला प्रहरी कार्यालय सहित ५ प्रहरी युनिटका हिरासतमा रहने थुनुवाका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा “हिरासतमा किताव” कार्यक्रम अन्तर्गत हिरासतमा पुस्तकालय सन्चालन गरिएको थियो ।




सम्बन्धित
Loading...