मध्यविन्दु नेकपा एकिकृत समाजबादीको अध्यक्षमा खनाल





नेकपा एकिकृत समाजबादी मध्यविन्दु नगर कमिटीको प्रथम नगर भेलाले सुरेन्द्र प्रसाद खनालको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ । आज कोल्हुवामा भएको भेलाले  उपाध्यक्षमा सन्तोस जि सि,  सचीवमा अमृत सुवेदी  र उप सचीवमा सम्झना मर्दनियालाई जिम्मेवारी दिएको छ ।

केन्द्रीय कमिटिका पोलिट्ब्युरो सदस्य तथा गण्डकी प्रदेश कमिटीका सचिव प्रतापलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भेलाले नगर कमिटी घोषणा गरेका हो ।




मध्यविन्दु नगर ईन्चार्ज भरत तिवारीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला कमिटी अध्यक्ष शालिकराम भटराई, सचिव झविलाल राना, उपसचिव सुष्मा काफ्ले, युवा संघ स्थायी कमिटि सदस्य एवं युवा जिल्ला ईन्चार्ज प्रेमनारायण पाण्डे लगायतले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यलाई शुभकामना दिएका थिए ।




सम्बन्धित
Loading...