ad

गाउँपालिकाको खर्चमा छोरासहित अमेरिका जान खोज्ने गाउँपालिका अध्यक्षको सपना तुहि’यो

247


संवैधानिक आयोगका पदाधिकारीलाई प्रयोग गर्दै छोरासहित अमेरिका उड्ने एक गाउँपालिका अध्यक्षको योजना भतभुंग भएको छ ।

अध्यक्षसहितको टोलीलाई अमेरिका भ्रमणमा पठाउने निर्णयबाट संखुवासभाको चिचिला गाउपाँलिका पछि हटेको छ ।




सो गाउँपालिकाको केही दिनअघि बसेको वैठकले अमेरिका भ्रमणसम्वन्धी निर्णय रद्द गरेको उपाध्यक्ष यदुकुमारी राईले जानकारी दिइन् ।

उनले भनिन्, ‘मिडियामा समाचार आयो । सर्वदलीय वैठकले पनि विरोध गरेर विज्ञप्ती निकाल्यो । गाउँपालिकाभन्दा बाहिरका मान्छेहरुलाई टिममा राखेर अमेरिका पठाउने कुरा गलत भएकोमा सबैले सहमति जनाए ।’

गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाले निर्णय गर्ने समयमा व्यक्तिगत खर्चमा जाने बताएका थिए । तर, पछि गाउँपालिकाले नै सबै खर्च गर्ने निर्णयसहितको फर्जी माइन्युट मिडियामा सार्वजनिक भएको थियो ।

‘दुईथरि कुरा आएपछि हामी उक्त निर्णयबाट पछि हट्यौं । यदि जानैपर्ने भए पनि सबै दललाई बोलाएर सर्वदलीय निर्णय गरेर मात्र जाने भन्ने निस्कर्षमा पुगेका छौं,’ उनले भनिन् ।

गाउँपालिका अध्यक्ष शेर्पाको नेतृत्वमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय महिला आयोगका सदस्य कृष्णाकुमारी पौडेलसहितको टोली अमेरिका पठाउने निर्णय भएको थियो ।

टोलीमा अध्यक्ष शेर्पाका छोरा पनि राखिएका थिए । बाबुछोरा अमेरिका भासिने योजनाअनुसार अध्यक्षले सो निर्णय गराएको  थियो ।

उक्त समाचार प्रकाशित भएपछि गाउँपालिका अध्यक्ष शेर्पाको तीव्र विरोध भयो । त्यसपछि शेर्पाले एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाको व्यक्तिगत खर्चमा जान खोजिएको बताएका थिए ।

 



You might also like
Loading...