ad

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नबलपुरको प्रथम जिल्ला भेला

64


यमबहादुर सोमै –
नवलपुर । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) नबलपुर जिल्लाको प्रथम भेला कावासोतीमा भएको छ । भेलाले टिकाराम काफ्लेको अध्यक्षतामा पछि २ जना थप्नेगरी ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष मणि न्यौपाने,सचिब चिरञ्जिबी चापागाई,कोषाध्यक्ष तेजु महतो,सदस्यहरुमा कर्मसरिमा सर्मा,गर्बलाल महतो,रमा सिङ् ठकुरी रहेका छन् ।




त्यसैगरी भेलाले माघ मसान्तसम्म प्रत्येक स्थानीय निकायहरुमा सङ्गठन निर्माण गरिसक्ने र बृहत जिल्ला भेलाको तयारी गर्ने निर्णय गरेको छ । साथै किसान आन्दोलनको तयारी गर्ने निर्णय पनि गरेको छ ।

भेलामा केन्द्रीय अध्यक्ष सिताराम तामाङ महासचिब धनेश्वर पोख्रेल ,पार्टी जिल्ला इन्चार्ज अनुकुल,र जिल्ला सेक्रेटरी उत्तमको विशेष उपस्थिति रहेको थियो ।

भेलामा अध्यक्ष तामाङ र अनुकुलले शुभकामना मनतव्य राखेका थिए भने महासचिव पोख्रेलले वर्तमान राजनैतिक अबस्था र महासङ्घको लक्ष्य, उद्देश्य र आबश्यकताबारे प्रशिक्षण दिएका थिए ।



You might also like
Loading...