ad

अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रति’बन्ध

20


अमेरिकाले उत्तर कोरियामाथि थप प्रति’बन्ध लगाएको छ । उत्तर कोरियाको व्यालि’स्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रति’बन्ध लगाएको हो ।

उत्तर कोरियाले यसै साता मात्र 3 ओटा हाइपरसोनिक मिसा’इल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् ।




गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसा’इल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आण’विक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ ।

अमेरिकाले पछिल्लो पटक प्रति’बन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आण’विक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ ।

त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आण’विक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ।



You might also like
Loading...