ad

नवलपुरमा अत्यावश्यक वाहेकका सबै सेवा ब’न्द

2,760


नवलपुर । पूर्वी नवलपरासीमा तेस्रो भेरियन्टको कोरो-ना नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवा ब’न्द गर्ने तयारी भएको छ ।

शुक्रबार पत्रकारहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले कोरोनाको तेस्रो भेरियन्टको चेनब्रेक गर्नका लागि विद्यालय, मेला, महोत्सव जस्ता सेवा ब’न्द गरिएको बताए ।

 




 

 

त्यसैगरी नवलपुरका नापी कार्यालय लगायत कतिपय सरकारी कार्यालयका कर्मचारीहरुमा समेत को’रोना पोजेटिभ देखिएकोले अत्यावश्यक बाहेकका अन्य कार्यालयहरु बन्द गरिने बताए । तथापि उनले स्मार्ट लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर लैजाने पनि बताए ।

त्यसैगरी नवलपुरको पत्रकारहरुको शान्ति सुरक्षा आफ्नो पहिलो प्रथामिकता रहने बताए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सरुवा भएर गएपछि घिमिरे केही दिन अघि मात्र नवलपुरका प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् ।



You might also like
Loading...