नवलपुरमा ट्याक्टरबाट खसेर श्रमिकको निधन





नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १७ टाँगीकोटमा ट्याक्टरबाट खसेर एक जना मदुजरको निधन भएको छ ।

ईलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली १७ टागीँकोट स्थित भित्री सडकखण्डमा ना ३ त १५३६ नम्बरको ट्याक्टरबाट खसेर देवचुली ४ झाँक्रे निवासी २२ बर्षीय विवेक परियारको निधन भएको हो ।




ट्याक्टरबाट खसी गम्भीर घाइते भएका परियारको उपचारको क्रममा पुरानो मेडिकल कलेज, चितवनमा निधन भएको हो ।

ट्याक्टर र ट्याक्टर चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रजहरमा राखिएको प्रहरीले जनाएको छ ।

 




सम्बन्धित
Loading...