जाँड खाएर श्रीमतीको हत्या, श्रीमान् पक्राउ





कुटपिट गरेर श्रीमतीको  हत्या गरेको आरोपमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका– २ का ३३ वर्षीय जय शर्मालाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेर ३० पुसमा १९ वर्षीया श्रीमती पूजा विश्वकर्मालाई कुटपिट गरेर  हत्या गरेको आरोपमा  श्रीमान् शर्मालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।




श्रीमानको कुटाइबाट सिकिस्त घाइते भएकी श्रीमती पूजाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचार सम्भव नभएपछि शनिबार घर फर्काउने क्रममा पूजाको बाटैमा मृत्यु भएको थियो ।

हत्या आरोपी शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...