सर्दीमा पनि बाघ आतंक, चरिचरणको गोरु र बाच्छा खाईदियो





नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ र ५ मा बाघ आतंक छाएको छ ।

यहाँ जंगलमा चरिचरणका लागि लगेको गाईवस्तु खाइदिन थालेपछि यहाँ बाघको आतंक छाएको हो ।




अस्थायी प्रहरी चौकी सर्दीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ घुमाउने भन्ने स्थानको फुस्रेखोला जंगलमा विनयी त्रिवेणी ५ निवासी चुडाबहादुर रुचालको गोरुहरुलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट एउटा गोरु र एउटा बच्छा मरेको छ भने एउटा गोरु घाइते भएको छ ।

नवलपुरमा अहिले बाघ आतंक छाएको छ । पछिल्लो घटना क्रममा मात्रै बाघको आक्रमणबाट नवलपुरमा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

बाघ नियन्त्रणका लागि १० दिनदेखि प्रयास भए पनि नियन्त्रणमा आउने सकेको छैन ।




सम्बन्धित
Loading...