ad

नवलपुरका विभिन्न दुर्घटनामा, ३ जना घाइते

121



नवलपुर । पूर्वी नवलपरासीकमा छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयीत्रिवेणी गाउँ पालिका २ बाह्रघरे सर्दी दुम्किवास स्थित भित्री सडकखडमा दुम्किवासबाट सर्दीतर्फ जाँदै गरेको लु ५३ प ८५९७ नम्बर मोटरसाइकलले पैदलयात्री पैदल यात्रीलाई ठक्कर दिएको हो ।




दुर्घटनामा परी विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरेकी ५८ बर्षीया रोशनी सारु मग घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

त्यसैगरी विनयी त्रिवेणी २ बाह्रघरेमै भएको अर्को दुर्घटनामा २ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयीत्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ४ त ४९०९ नम्बरको ट्याक्र विग्री बनाउने क्रममा ट्याक्टर अचान ब्याक हुँदा २ जना घाइते भएका छन् ।

ट्याक्टर ब्याक भई अचानक ट्याक्टरको टाली पल्टन गई टालीले च्याप्न जाँदा ट्याक्टर चालक जिल्ला नवलपरासी विनयीत्रवेणी गाउँपालिका २ बस्ने वर्ष २२ को सन्तोष भण्डारी र सहचालक सोही ठाउँका वर्ष २२ को तिर्थ मगर घाइते भएका हुन् ।



सम्बन्धित
Loading...
error: Content is protected !!