पाल्पामा तीन जनाको समूहद्वारा महिलाको हत्या


भान्छामा मृत भेटिएकी भुमादेवी



दुई साताअघि पाल्पामा मृत फेला परेकी एक बृद्ध महिलाको तीन जना पुरुषले हत्या गरेको प्रहरीले खुलासा गरेको छ ।

गत पुस २३ गते विहान तानसेन नगरपालिका–६, कन्सरेकी ६५ बर्षीया सरस्वती देवी घर्तीमगर घरदेखि तलको भिरमा मृत फेला परेकी थिइन् ।




त्यस दिन विहान उनका कान्छा छोरा गणेश घर्तीमगरले आफ्नो घरबाट आमाका लागि चिया लिएर आउँदा आमा घरमा थिइनन् ।

विस्तारा र ढोका रक्ताम्मे देखेपछि खोज्दै जाँदा उनले तल भिरमा मृत फेला पारेका थिए ।

 

 

छोराको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा तीन जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरी फालेको जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

उनका अनुसार हत्यामा संलग्न सोही स्थानका ४२ बर्षीय कमलबहादुर घर्तीमगर, २७ बर्षीय सुनिल परियार र २० बर्षीय हरिबहादुर सुनार रहेका छन् । तीनै जनालाई माघ ५ गते पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

हत्याको कारण अझै खुली नसकेको र अनुसन्धान भइरहेको पचभैयाले बताए ।

 

 

 

आजको राशिफल वि.सं. २०७८ माघ ८ गते शनिवार स् श्रीस्वस्थानी माताको आर्शिवादले यी राशिहरूको चम्किनेछ भाग्य




सम्बन्धित
Loading...