जनप्रतिनिधीले नै घेराउ गरे परासीको नापी कार्यालय





पश्चिम नवलपरासी स्थीत जिल्ला नापीकार्यालयको यो जनविरोधी रवैया र चरम वहानावाजी र ढिलासुस्तीका विरुद्व रामग्राम नगरपालिकाका जनप्रतिनिधीले जिल्ला नापी कार्यालय घेराउ गरेका छन् ।

नवलपरासीको जिल्ला नापी कार्यालय प्रमुख सुग्रिव यादवको रवैया देखि रुष्ट वने वडाध्यक्ष महेन्द्र ठाकुर ।


देशमा जनताले चुनेर पठाएका जनप्रतिनीधी तथा स्थायी सरकारका प्रतिनिधि पात्र सरकारी कर्मचारीहरु विचको सहकार्यबाट सर्वसाधारणहरुमा सार्वजनीक सेवा प्रवाह हुने व्यवथा छ ।

तर कर्मचारीतन्त्रले जनताको काममा नितिगत झमेला तेर्साउदै जनप्रतिनिधीहरुलाई नै गुमराहमा राखी जनताको सेवा प्रभावमा आनाकानी र ढिलासुस्ती गर्ने गरेको पाइएको छ ।

नापी कार्यालयका प्रमुख सुग्रिव कुमार यादवको कार्यसैली प्रति तिब्र असन्तुष्ट वनेका रामग्राम १४ का वडाध्यक्ष महेन्द्र ठाकुर सहितका जनप्रतिनिधी र सर्वसाधारणले नापी कार्यालय घेराउ गरेका हुन ।

२०६८ सालमा रामग्राम नगरपालीका अन्तगतका विभिन्न वडाहरुमा नापी गरिएको गाउ व्लक अन्र्तगतका जग्गाहरुको लाल पुर्जा समेत तयार भएको १०औ वर्ष भैसकेको छ । तर नापी कार्यालयले वर्षौ देखि पुर्जा दिन आनाकानी र वाहानावाजी गर्दै जग्गाधनी पुर्जा सर्वसाधारणलाई दिन आनाकानी गरेको जनप्रतिनीधीको आरोप छ ।

यस सम्वन्धमा रामग्राम नगरपालिकले वार्षौ देखिनै पटक पटक लिखित तथा मौखिक आग्रह गर्दा समेत जिल्ला स्थीत नापी कार्यालयले विभिन्न वाहाना वनाउदै अटेर गर्दै आएको छ । जिल्ला नापी कार्यालयका प्रमुख सुग्रिव कुमार यादवले रामग्राम नगरपालीकाका वडानं १, ६, ८, ११, १२, १३, का गाउ व्लकका जग्गाहरुको सरकारी निकायबाट नापी नक्सा भई लालपुर्जा समेत तयार भइसकेको वर्षौ वितिसक्दा पनि विभिन्न वाहानावाजी गर्दै जग्गा धनीलाई लालपुर्जा वितरण नगरेको आरोप जनप्रतिनीधीले लगाएका छन ।

लालपुर्जा तयार भइसकेको जनताको जग्गाको लालपुर्जा दिन आनाकानी गर्ने आरोपीत जिल्ला नापी कार्यालयका प्रमुख सुग्रिभ कुमार यादव स्थानीय व्यक्ति हुन । निति र विधि विपरीत १०औ वर्ष नवलपरासी जिल्ला नापी कार्यालयमा अडडा जमाई वसेका छन ।

जनप्रतिनीधीहरुको सुझावलाई आत्मसाथ गरी सरकारी कामकाज गर्नु पर्ने कार्यालय प्रमुखल नै मनोमानी गरी तथा जनतालाई दुख दिने प्रवृती देखाएको भन्दै नापी कार्यालयका प्रमुख विरुद्व वडा नं १४का वडा अध्यक्ष महेन्द्र ठाकुर रुष्ट वनेका छन , कार्यलय प्रमुख यादव लाई घेरा हालेपछि डारएर भने अबको माघ १५ गते बाट लालपुर्जा बितरण गर्ने बताए । तर यादवको रवैया र चरम वहानावाजी र ढिलासुस्तीका कारण जनप्रतिनिधी बिश्वास्त छैन्न्न ।




सम्बन्धित
Loading...