कावासोतीमा कार र ट्याक्टर ठोकिदा, ६ जना घाइते, २ जनाको अवस्था गम्भीर


 




पूर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि कावासोतीमा ट्याक्टर र कार एक आपसमा ठक्कर खाँदा ६ जना घाइते भएका छन् ।


बा ६ च ९२२२ नम्बरको कार र लु ३ त ५१९९ नम्बरको ट्याक्टर आइतबार राति एक आपसमा ठक्कर खाएको हो ।




दुर्घटनामा परी कारमा सवार ६ जना घाइते भएका छन् । घाइतेहरु चितवनका भएको खुले पनि घाइतेहरुको पूर्ण विवरण आउने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

प्रहरीले कारलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ भने अहिले सम्म ट्याक्टर भने घटना स्थलमै रहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर उपचारका लागि पठाइएको छ ।

 




सम्बन्धित
Loading...