अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या





नवलपुरको विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको क्षेत्रमा विगत २ महिना देखि हिंसात्मक गतिविधि गरिरहेको बाघको खोजी सुरु गरेको १२ दिन पुगेको छ ।

नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु नगरपालिकामा विगत २ महिना अघि देखि २ जनाको ज्यान लिएको र एक जनालाई घाईते बनाएको नरभक्षी बाघको खोजी सुरु गरेको दुई हप्ता पुग्न लाग्दा पनि बाघको अवस्था पत्ता लाग्न सकेको छैन ।


गत पौष २८ गते देखि चितवन राष्ट्रिय निकुञ्जको ३ वटा हात्ती र प्राविधिकहरुको टोलिले खोजी गरिरहे पनि बाघ समात्न नसकेको हो ।

 

चितवन राष्ट्रिय निकुञ्जका ३ हात्ती र ९ जना प्राविधिक सहितको टोलिले गत पौष २८ गते देखि यस क्षेत्रमा बाघको खोजी गरेको डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख शरदकुमार अधिकारीले बताए ।
अधिकारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय नवलपुरको संयुक्त टोलिले विगत १२ दिन देखि बाघ देखिएका विभिन्न क्षेत्रका वनमा क्याम्प खडा गरेर बाघको अध्ययन र नियन्त्रणमा लिने प्रयास गरेको हो ।

विनयी त्रिवेणीको होङसी सिमेन्ट फ्याक्ट्रीको उत्तर देखि मध्यवर्ती क्षेत्रका वन सम्मको क्षेत्रमा खोजी अगाडी बढाएको टोलिले विभिन्न स्थानमा फरक फरक बाघका पाईला फेला पारेको र विभिन्न स्थानमा राखिएक क्यामेरामा ५ वटा बाघ रेकर्ड भएको भए पनि मान्छेलाई आक्रमण गर्ने बाघको भने पहिचान भै नसकेको अधिकारी बताउछन् ।

आक्रमण गर्ने बाघको पहिचान गरेर नियन्त्रणमा लिने काम कठिन भएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका रेन्जर योगेश ढकालले बताए । बाघको खोजीमा निस्किएको टोलिको अध्ययन आक्रमण गर्ने बाघको नजिक पुगेको र छिट्टै अन्तिम निष्कर्षमा पुग्ने र बाघ पहिचान गरेर नियन्त्रणमा लिने ढकाल बताउँछन्। ‘केही दिन ढिलो होला तर हामी रिजल्ट दिने गरेर लागेका छौ,’ रेन्जर ढकालले भने।
ढकालका अनुसार बाघ अरुणखोलाको आसपासको वन क्षेत्रमा रहेको प्रारम्भिक अनुमान रहेको छ ।

बुधबारमात्रै बजार क्षेत्रमा काटिएका रागा भैसीहरुको हडि फाल्ने स्थान आसपास बाघको पछिल्लो गतिविधि देखिएकोले अबको खोजी त्यतै केन्द्रित हुने ढकाल बताए ।

निकुञ्जले डिभिजन वनको अनुरोधमा घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेलको नेतृत्वमा विज्ञ सहितको टोली पठाएर बाघको खोजी गरिएको भए पनि बाघ पत्ता लाग्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउछ्न । टोलिले बाघ निस्किन सक्ने सम्भावित स्थान सबै तिर क्यामरा राखेको भए पनि क्यामरा बाघ नपरेको आचार्य बताउछ्न ।

ठूलो जंगल क्षेत्रमा खोज्नु पर्दा ढिला भएको र यस क्षेत्रमा मान्छेलाई आक्रमण गर्ने बाघ सहित अरु धेरै बाघ भएकाले पनि आक्रमण गरेको बाघको पहिचानमा ढिला भएको बाघको खोजीमा रहेका एक जना प्राविधिकले बताए ।

बाघ खोज्न हात्ती वन प्रवेश गरेकाले पनि बाघले स्थान परिवर्तन गरिरहेकोले एकै स्थानमा बाघ फेला पार्न टोलिलाई गार्हो परेको हो । ‘बाघ खोज्ने काम कठिन छ, ज्यानै जोखिममा राखेर ११ दिन देखि जंगलको बास भएको छ, बाघ पत्ता लगाएर मात्रै निस्क्न्छौ’, बाघको खोजीमा रहेका प्राविधिक बताउछन् ।

मान्छेलाई आक्रमण गर्ने गरेको बाघ भएको ठाउँ एकिन भए पछि निकुञ्जबाट थप प्राविधिक सहितको टोली पठाउने तयारीमा निकुञ्ज रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गणेश तिवारीले बताए ।

‘आक्रमण गर्ने बाघको एकिन भए पछि चिकित्सक र प्राविधिक सहितको टोलिले डार्ट गरेर वाईल्ड एम्बुलेन्समा राखेर बाघलाई कसरा या त चिडियाखानामा लैजान्छौ’, – तिवारीले भने ।

नरभक्षी बाघ खोजेर नियन्त्रणमा लिन खटिएका टोली प्रमुख घढियाल प्रजनन तथा वन्यजन्तु उद्धार शाखाका प्रमुख सरोजमणी पौडेलले वन क्षेत्र ठूलो भएको र बाघका पाईलाहरु धेरै फेला परेकाले नरभक्षी बाघको एकिन गर्न समस्या परेको बताए । “पाईला भेटिएकै आधारमा मान्छे खाने हो भनेर एकिन गर्न सकिँदैन, १५ दिन देखि बाघ क्यामरा परेको छैन,” पौडेलले भने । केही दिन अगाडि बाघले गोरु खाएको स्थान विनयी त्रिवेणी(५ मा बाघको मुमेन्ट हेर्न क्यामेरा राखिएको पौडेलले बताए । “१५ दिन अगाडी क्यामरा एक पटक रेकर्ड भएको बाघ त्यसपछि गत शुक्रबार सम्म क्यामरामा रेकर्ड भएको छैन, क्यामरामा रेकर्ड नहुदा सम्म नरभक्षी बाघ यहि भनेर एकिन गर्न गार्हो हुन्छ,” पौडेलले बताए ।

बाघ दिनकै १२ देखि १५र१६ किलोमीटर सम्म हिडडुल गर्ने भएकाले पनि एकै ठाँउमा नभेटिएको पौडेलले बताए । ३ वटा हात्ती र प्राविधिकको समुह वन क्षेत्रमा रहेकाले पनि बाघले स्थान परिवर्तन गरिरहेको उनी बताउछन । बाघ पत्ता नलाग्दा सम्म वन क्षेत्र प्रवेश नगर्न स्थानीयलाई आग्रह गरेको भए पनि स्थानीयहरु वन प्रवेश गर्दा थप समस्या भएको पौडेलले गुनासो गरे ।

मान्छेलाई आक्रमण गरेको बाघ एकिन हुन साथ थप प्राविधिक र हात्ती प्रयोग गरेर नियन्त्रणमा लिन तयारीमा निकुञ्ज रहेको छ । ठुलो जंगलमा बाघको खोजी कार्य जटिल र खर्चिलो भएको निकुञ्जको तर्क छ । तीनवटा हात्ती र १५, १६ जना प्राविधिकको खर्च दैनिक रुपमा ६५ हजार आसपास खर्च भएको निकुञ्ज स्रोतले बतायो ।

बाघको आतंक बढे संगै स्थानीयहरु वनमा चौपाय चराउन, सालको पात टिप्न जान छोडेका छ्न भने पुर्व पश्चिम महेन्द्र राजमार्ग भएर दुई पांग्रे सवारी साधनमा यात्रा गर्नेहरुमा पनि त्रासको अवस्था देखिएको छ ।

सम्बन्धित समाचार

भारत पुगेका गैँडा फर्काउन समस्या

मानवीय लापरवाहीले एक सिंगे गैडाको निधन

सर्दीमा पनि बाघ आतंक, चरिचरणको गोरु र बाच्छा खाईदियो

 




सम्बन्धित
Loading...