दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका सेवा बन्द





नवलपुर  ।  देवचुलीको दुम्कौलीस्थित दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी, प्राविधिक तथा कर्मचारीमा कोभिड संक्रमण देखिएपछि अस्पताल परिसर निर्मलीकरण गर्नुपर्ने कारण देखाउँदै सेवा बन्द गर्नुपरेको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल तथा स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित सूचनामार्फत जानकारी गराईएको छ ।




नगरपालिकाले जनाए अनुसार सोमवार र मंगलवार दुई दिन आकस्मिक र सुत्केरी सेवा बाहेकका सबै सेवालाई बन्द गरेर निर्मलीकरणको कार्य हुनेछ ।

यस्तै माघ १५ गतेसम्म प्रयोगशालाबाट प्रदान गरिने सेवालाई रोकिएको समेत जनाईएको छ ।

 

 

अरुणखोला दुम्किबास चोरमारा जंगलमा ५ वटा बाघ ! नरभक्षी बाघ पहिचानमा समस्या

 

 




सम्बन्धित
Loading...