जाँड खाएर आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ





सामान्य भनाभनमा आफूसँगै काम गर्ने साथीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

८ माघ साँझ सँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै साथी झप्पु भन्ने कटहरी गाउँपालिका– ३ का २८ वर्षीय अशोक ऋषिदेवको हत्या आरोपमा सोही ठाउँका ३८ वर्षीय शेखर राजवंशी पक्राउ परेका हुन् ।


सँगै राजमिस्त्री काम गर्ने उनीहरूबीच ८ माघ साँझ मदिरा सेवनपछि लेनदेनको विषयमा भनाभन भएको थियो ।

सोही विषयमा आवेगमा आएका शेखर र अर्का एकजना मिलेर आफ्नै साथी अशोकलाई कुटपिट गरी हत्या गरेका थिए ।

हत्यापछि अपराध लुकाउन उनीहरूले अशोकको शव र उनको मोटरसाइकल स्थानीय पोखरीमा फालिदिएका थिए ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङका अनुसार सुरुमा अशोकको मृत्यु पोखरीमा डुबेर भएकोजस्तो देखिए पनि मोटरसाइकल पोखरी किनारमा भएको र पोखरीमा मृत फेला परेका अशोकको शरीरमा चोट देखिएपछि अनुसन्धान गर्दै जाँदा उनको आफ्नै साथीबाट हत्या भएको खुलेको थियो ।

यसैले प्रहरीले अशोेकको हत्या आरोपमा घटना भएको भोलिपल्ट ९ माघमा शेखरलाई पक्राउ गरेर १० माघमा कर्तव्य ज्यान कसुरमा मोरङ अदालतमा मुद्दा दर्ता गराएको छ ।

फरार अर्का आरोपीको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

 

सरकारी जागिर अवकास पछिको जिन्दगी, माछापालनबाट बार्षिक २० लाख आम्दानी

 

 




सम्बन्धित
Loading...