पश्चिम नवलपरासीमा तेस्रो लहर सुरु भएपछि पहिलो पटक कोरोना संक्रमतिको मृत्यु





माघ ११ । 

पश्चिम नवलपरासीमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि पहिलो पटक मङ्गलबार (आज) एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा नवलपरासीको सुस्ताका ६५ वर्षिय वृद्धको मृत्यु भएको हो ।




उनको उपचारका लागी गम्भिर अवस्थामा बुटवल लगिएकोमा उपचार सफल हुन नसकेपछि मृत्यु भएको स्वास्थय कार्यालयले जानकारी दिएको छ ।

ति वृद्धले कोरोना विरुद्धको कुनै पनि खोप नलगाएका कारण पनि कोरोना संक्रमणले बढि असर गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

साथै उनमा मधुमेह लगाएतका दिर्घरोग पनि थियो । यस संगै जिल्लामा कोरोना संक्रमणका कारण हाल सम्म मृत्यु ुहनेको सङख्या १ सय ६० पुगेको छ । पछिल्लो पटक कोरोना संक्रमण बढ्दै गएपनि कसैको पनि मृत्यु भएको थिएन् ।

यस्तै नवलपरासीमा गएको २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण बाट ७ र एन्टिजेन परिक्षण बाट ५४ जनामा संक्रमण पुष्टि भएको हो । जस्मा २९ महिला र ३२ जना पुरुष रहेका छन् ।

आज पनि सबैभन्दा बढि बर्दघाट नगरपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै रामग्राम नगरपालिकामा १४, सुनवलमा ३ जना संक्रमित थपिएका छन् । पाल्हीनन्दन गाउँपाालिकामा ५ जना, सरावल गाउँपालिकामा ४ जना, प्रतापपुर र सुस्तामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संगै जिल्लामा सक्रिय संक्रमितको हुनेको सङख्या ५ सय १२ पुगेको छ । जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ५ हजार ९ सय १२ पुगेको छ । भने ५ हजार २ सय ४० जना निको भएका छन् ।

सम्बन्धित समाचार

नवलपुरमा ७१ जना नयाँ संक्रमित थपिए

मध्यविन्दु अस्पतालमा सबै सेवा खुल्यो; त्रिवेणीमा हेल्थडेस्क स्थापना




सम्बन्धित
Loading...