सीके राउतका कार्यकर्ताको वितण्डा, अस्पतालको गाडी तोडफोड, चिकित्सक घाइते





किसानका मागमा जनप्रतिनिधिले चासो नदेखाएको भन्दै जनकपुरमा बिहानैदेखि आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता झन् आक्रमक बनेका छन् ।

प्रदर्शनकारीले जनकपुरको पीडारी चोकमा जलेश्वर अस्पतालको सरकारी गाडी तोडफोड गरेका छन् । जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साह चढेको प्रदेश २-०२-००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो ।




तोडफोडको क्रममा डा. साहको मुखमा गम्भीर चोट लागेको र ८ टाँका लगाइएको छ । जलेश्वरबाट बर्दिबास जाँदै गर्दा आन्दोलनकारीले अचानक गाडी र आफूमाथि भाटा प्रहार गरेको डा. साहले बताए ।

यसअघि सर्लाहीको हरिवन नगरपालिकाको गाडी तोडफोड गरेर प्रदर्शनकारीले मेयरलाई घाइते बनाएका थिए ।

‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न चोकमा जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन गरिरहेका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत जिल्ला प्रहरी कार्यालयअगाडि भइरहेको मतदानतर्फ जान खोज्दा पटकपटक प्रहरीसँग झडप भएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको थियो । अहिले पनि विभिन्न चौकमा प्रदर्शन जारी छ । मतदानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जलेश्वर अस्पतालका मेडिकल सुपरिटेंडेंटमाथि जनमतको आक्रमण, मुखमा ८ टांका

 

 

महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेंडेंट डा. सतीश कुमार साह माथि जनमतका कार्यकर्ताहरुले आक्रमण गर्दा उनको देब्रे गालामा मुखको भित्र पट्टी बाट ८ टांका लागेको छ ।
एक कार्यक्रममा बर्दिबास जादै गरेका डा. साहमाथि जनकपुरको पीडारी चोकमा उनि माथि आक्रमण भएको हो ।

प्रदेश २–०२–००१ झ ०१६३ को सरकारी नं प्लेट को गाड़ीमा सवार उनि माथि एक्कासि जनमतको भिडले आक्रमण गरेको डा. साह जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए ।
आफु चिकित्सक भएको बताईरह“दा भीड़ ले उनको कुरा नै नसुनि अचानक हमरा गरेको अध्यक्ष पाण्डेयले बताए।
हाल उनि खतरा मुक्त रहेको र उनको उपचार भैरहेको जलेश्वर अस्पतालका चिकित्सकले बताएका छन ।
जनमतका कार्यकर्ताहरूले डा. साहको गाड़ी समेत तोड़फोड़ गरेका छन् भने उनको सवारी चालकको खुट्टामा समेत चोट लागेको छ ।




सम्बन्धित
Loading...