राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी


लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा रहेका छन् ।

निर्वाचन कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

राष्ट्रियसभामा जनमोर्चाको ‘इन्ट्री’

प्रतिनिधिसभामा मात्रै रहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रियसभामा समेत ‘इन्ट्री’ भएको छ।

बुधबार भएको राष्ट्रिसभा चुनावमा लुम्बिनी प्रदेशको दलिततर्फ जनमोर्चाका उम्मेदवार तुलबहादुर विश्वकर्मा विजयी भएका छन्।

राष्ट्रियसभा शून्य उपस्थिति रहेको जनमोर्चाले गठबन्धनको फाइदा लिएको हो ।

प्रतिनिधिसभामा उपाध्यक्ष दुर्गा पौडेल सांसद छिन् । उनी पनि वाम गठबन्धनका बेला २०७४ मा प्युठानबाट निर्वाचित भएकी थिइन् ।

जनमोर्चा अहिलेको पाँच दलीय गठबन्धनको सदस्य हो ।







सम्बन्धित
Loading...