ad

नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

146

 




सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् ।

 

सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरिनदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन् ।

 




शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् ।

 

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

 

 

 



सम्बन्धित
Loading...
error: Content is protected !!