अब फेसबुक प्रोटेक्ट इनेबल नगरे एकाउन्ट नै बन्द हुने, कसरी गर्ने इनेबल?


काठमाडौं ।सोशल मीडिया प्लेटफर्म फेसबुकले फेसबुक प्रोटेक्ट फिचर अनिवार्य रुपमा इनेबल गर्नुपर्ने प्रावधान लागू गर्ने भएको छ।

 

हाल केही प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्ट लग इन गर्न नसकिरहेको गुनासो गरेपछि फेसबुकले ‘फेसबुक प्रोटेक्ट’ इनेबल नगरी एकाउन्ट नखुल्ने जवाफ दिएको भास्कर डटकमले उल्लेख गरेको छ।

 

फेसबुकले गत वर्षको सेप्टेम्बरमा फेसबुक प्रोटेक्ट फिचरलाई परीक्षण गरी विश्वभर नै लागू गरेको थियो।

 

प्लेटफर्मका अनुसार यो एउटा सेक्युरिटी प्रोग्राम हो जसले यूजरको फेसबुक एकाउन्ट सुरक्षित राख्न सहयोग गर्छ।

 

फेसबुकले यो फिचर विशेषगरी ह्याकरको निशानामा परेका पत्रकार, सरकारी कर्मचारी तथा मानव अधिकारकर्मीजस्ता प्रयोगकर्ताका लागि ल्याइएको बताएको छ।

 

फेसबुकले हाल फेसबुक प्रोटेक्ट इनेबल नगरेका एकाउन्टहरु बन्द गरिरहेको छ। कम्पनीले केही समयअघि केही यूजरलाई फेसबुक प्रोटेक्ट इनेबल गर्न ई-मेल पनि पठाएको भास्कर डटकमले लेखेको छ।

 

उसले तोकेको म्यादभित्र यो फिचर इनेबल नगर्नेहरुको एकाउन्ट बन्द गरिदिएको बताइएको छ।

 

यसरी गर्नुहोस् इनेबल:

यदि तपाईँले फेसबुक प्रोटेक्ट इनेबल गर्नुभएको छैन भने तलका केही चरणहरुमार्फत् इनेबल गर्न सक्नुहुन्छ:

  • फेसबुक एकाउन्टको सेटिङ जानुहोस्
  • त्यहाँ रहेको सेक्युरिटी एन्ड लग इनमा ट्याप गर्नुहोस्
  • यसपछि त्यहाँको सूचीमा फेसबुक प्रोटेक्ट देखिन्छ
  • यसमा क्लिक गरेर स्क्रीन आउने केही चरणहरु अनुसरण गर्दै इनेबल गर्नुहोस्

 







सम्बन्धित
Loading...