चढ्ने होइन त नेपालको रेल, आजबाट चल्यो नेपालको रेल


 




भारतको हैदरावाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज ९शनिबार० भर्चुअल माध्यमबाट संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको छ ।

करिब डेढ वर्षअघि भारतबाट झन्डै १ अर्ब खर्चिएर ल्याइएको रेल सञ्चालनका लागि आज साइत जुरेको हो । अघिल्लो सरकारले नै रेल सञ्चालनका लागि विभिन्न समयमा मिति तय गर्दै आए पनि कानुनदेखि जनशक्ति र भौतिक पूर्वाधारको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

 


प्रधानमन्त्री देउवा तीनदिने भारत भ्रमणमा रहेको मौकामा आज उनी समकक्षी मोदीले संयुक्त रूपमा रेल सेवाका उद्घाटन गर्न लागेका हुन् । रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले रेल उदघाटनका लागि सबै तयारी पूरा भएको बताएका छन् ।

रेलको उद्घाटनसँगै सञ्चालनमा आउने उनले बताएका छन् । आज हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट हुने उद्घाटन जनकपुरमा ठूलो स्क्रिन जडान गरेर हेरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेसनको अनुगमन गरेकी छन् ।

 

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताएका छन् ।

रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । इनरुवासम्मका लागि भने सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३ सय रुपैयाँ तथा जयनगरका लागि सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३ सय ५० रुपैयाँ भाडा दर तोकिएको जनाइएको छ ।

राजधानी दैनिक

 




सम्बन्धित
Loading...