कम्युनिष्ट नेता कुलचन्द्र महतोको स्मृति ग्रन्थ विमोचन


 




३२ औं जनआन्दोलन दिवशको अवसरमा दिवंगत कुलचन्द्र महतो स्मृति ग्रन्थको विमोचन कार्यक्रम आज हुप्सेकोट, बेलुवामा सम्पन्न भएको छ । कुलचन्द्र महतोको जन्म दिवशकै अवसरमा उहाँको निवासमा स्मृति ग्रन्थ विमोचन गरिएको हो । पुस्तकमा कुलचन्द्र महतोसंग सम्बन्धित विभिन्न व्यक्तिहरूद्वारा लेखिएको लेखहरू समावेश गरिएको छ ।

 

 

महतो नवलपुरको कम्युनिष्ट आन्दोलनमा अतुलनिय योगदान पुराउने नेता मध्ये पर्नु हुन्छ । ईमान्दार र स्वच्छ छविका आदर्शवादी नेता महतो कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । २००८ साल चैत्र २४ मा जन्मिएका महतो नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ० को प्रदेश समिति सदस्य समेत हुनुहुन्थ्यो । उहाँको २०७७ साल भाद्र ७ निधन मा निधन भएको थियो ।




 

 

स्मृति ग्रन्थका संरक्षक तथा नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ०का केन्द्रीय सदस्य किशन शर्माले महतो एउटा कुसल संगठक रहेको बताउनु भयो । गैडाकोट देखि त्रिवेणी परासीसम्म पनि साईकल चलाएरै पुग्ने, जिवनभर सधैं ईमान्दारपूर्वक काम गरेका कारण उनी सम्झन लायक व्यक्ति भएको बताउनु भयो ।

 

 

उहाँको सच्चा सम्मानको लागि कम्युनिष्ट पार्टीका सबै सदस्यले आफ्नो आचरणमा सुधार ल्याउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका किशन शर्माले बताउनु भएको थियो ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९ एकीकृत समाजवादी ० का जिल्ला सचिव झविलाल रानाले ईमान्दार नेता महतोको जीवनीले हामीलाई पनि पाठ पढाईरहेको बताउनु भएको थियो ।

 

 

त्यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्र नवलपुरका जिल्ला सचिव तथा प्रदेश समिति सदस्य सुष्मा खनालले ४६ सालको जनआन्दोलनलाई टेकेर ५२ सालमा जनयुद्ध सुरू भएको र त्यही जनयुद्धको जगमा टेकेर ६२र६३ को जनआन्दोलन सफल भएको र त्यही जनआन्दोलनलाई टेकेर नै संविधान प्राप्त भएको बताउनु भयो ।

 

 

उहाँले कुलचन्द्र महतो जस्ता व्यक्तिका कारण नै देशमा परिवर्तन आएको बताउनु भयो ।त्यसैगरी कम्युनिष्ट पार्टीको सदस्यता लिएको ५० वर्ष पूरा गरेका नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ० का जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य धर्म बहादुर केसीले कुलचन्द्र महतो संगै रहँदाका अनूभूतिहरू प्रस्तुत् गर्नु भएको थियो । सहिद खगराज पन्तकी छोरी कृति पन्त र शहिद घनश्याम ज्ञवालीका छोरा कमल ज्ञवालीले संयुक्त रूपमा स्मृति ग्रन्थ विमोचन गर्नु भएको थियो ।

 

 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ० का प्रदेश समिति सदस्यहरू चन्द्र बहादुर थापा, यम सारू, पूर्णिमा महतो, पूर्व जिल्ला सदस्य बलराम ढकाल, हुप्सेकोट पार्टी अध्यक्ष नयाँदत्त गौतम, कावासोती नगर उपाध्यक्ष रामराज पंडित लगायतको उपस्थिति रहेको थियो ।

 




सम्बन्धित
Loading...