महिलाको च`रित्र ह`त्या र ब्ल्या`कमेल गर्ने व्यक्तिसँग ७० हजार ध`रौटी माग


 




काठमाडौं जिल्ला अदालतले महिलाको चरित्र ह`त्या गरेको भन्दै ७० हजार रुपैयाँ ध`रौटी माग गरेको छ।

 

अदालतले काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने २६ वर्षीय अकिल अख्तरसँग ७० हजार धरौटी माग गरेको हो।

 




उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो।

 

जिल्ला प्रहरी परिसर काठमाडौंले अख्तरलाई चैत २० गते पक्राउ गरेको थियो।

 

महिलासँगको गोप्य तस्बिर श्रीमानलाई पठाएर चरित्र हत्या गरेको र फोटो सामाजिक सञ्जालमा भाइरल बनाउने धम्की दिएर ब्ल्याकमेल गरेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

 

उनीमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत् अदालतमामा वैशाख १२ गते मुद्दा दार्ता गरिएको थियो।

 

त्यस मुद्दामा अदालतले अख्तरसँग मंगलबार ७० हजार धरौटी माग गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

 




सम्बन्धित
Loading...