पुराना मोबाइलबाट सुन निस्कन्छ खेर नफालाै


आज भाेलि हामीले पुरानाे माेबाईल तथा विग्रेका माेबाईल तेसै फाल्न गर्दछाैं वा कवाडिलाई १००/५० रूपैयामा दिने गर्दछाै ।




तपाईलाई थाहा छ तपाईले काम नलाग्ने भनेर फालेका ती माेबाईलबाट बहुमुल्य धातु सुनचादी निस्कन्छ भनेर ?

 

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पुराना मोबाइलबाट सुन निकाल्ने प्रक्रिया अघि बढाएको छ । हामीले प्रयोग गरी पुरानो भएर फालिएका मोबाइल जम्मा गरी त्यसमा रहेका विभिन्न महत्त्वपूर्ण धातुहरूलाई निकाल्ने योजना नास्टले बनाएको हो ।




त्यसका लागि नास्टका प्रविधि संकाय प्रमुख डा.रविन्द्र ढकालको ल्याबमा अध्ययन भइरहेको जनाइएको छ । उक्त अध्ययन समूहमा कोरियाबाट विद्यावारिधि सकाएर आएका नास्टकै अर्का अनुसन्धानकर्ता डा.सौरभ भट्टराई लगायत रहेको ढकालले जानकारी दिए ।

ढकालका अनुसार अध्ययन समूहले हाल मोबाइलमा हुने महत्वपूर्ण धातुमध्ये पनि सुन निकाल्नका लागि आवश्यक मेटेरियल निर्माण गरिरहेको छ ।

‘पुराना मोबाइलबाट सुन निकाल्न सकिन्छ भन्ने कुरा पुरानै हो,’ ढकालले भने, ‘म आफैंले त्यसैमा विद्यावारिधि हासिल गरेको हुँ । त्यसैले अहिले हामी त्यसका लागि आवश्यक मेटेरियल निर्माणको क्रममा रहेका छौं ।’

पुराना मोबाइलमा सुन, चाँदी, तामाका साथै महत्वपूर्ण धातु हुन्छन् ।

उनले भने, ‘त्यसमध्ये पनि नास्टको प्राथामिकतामा सुन परेकाले सुन मात्रै निकाल्नका लागि आवश्यक पर्ने मेटेरियल तयारी भइरहेको छ । मेटेरियल बनाउने भनेको मोलिकुल, इमल्सन जस्ता केमिकल बनाउने हो ।’

यस्ता केमिकल अन्य देशमा बनिसकेको भएपनि नास्टले केही नयाँ आविष्कार दिने तयारी गरेको ढकालले बताए ।

उनले भने, ‘यस्ता केमिकलमा विषालु ग्यास हुन्छ । त्यसैले हामी वातावरणमैत्री मेटेरियल निर्माण गर्ने प्रयासमा छौं । अबको केही महिनाभित्र मेटेरियल निर्माणको कामले पूर्णता पाउनेछ ।’

हुन त बनेको मेटेरियलले कति काम गर्छ, त्यसको कार्यक्षमता के हुन्छ ? त्यसको लागतजस्ता विषय टुङ्गो लगाउनुपर्ने हुँदा थप केही समय लाग्नसक्छ । त्यसपश्चात् भने यो कामले पूर्णता पाउनेछ ।

नास्टले अध्ययन गरेर मेटेरियल तयार पारेपनि पुराना मोबाइलबाट सुन निकाल्ने व्यवसायिक काम भने नास्टले नगर्ने ढकालले बताए ।

‘हामीले मेटेरियल निर्माण गर्ने हो । नास्टले यसको व्यवसायिक सुरुवात गर्नेछैन । हामीले गरेको अध्ययनमा आधारित भएर व्यवसायीले नेपालमा यसको प्रक्रिया अघि बढाउन सक्नेछन् ।’

ढकालका अनुसार सामान्यतया सुनको खानीबाट सुन निकाल्दा त्यहाँको एक टन कच्चापदार्थमा एक ग्राम सुन निस्किन्छ । तर, एक टन पुराना मोबाइलमा २८ ग्राम सुन प्राप्त हुने अध्ययनले देखाएको छ ।




सम्बन्धित
Loading...