गैँडाकोट ९ मा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी


 




नवलपुर । गैँडाकोट नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी हुनुभएको छ ।

 

उहाँले २२४ मतान्तरले विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नेत्रराज सापकोटाले ३६५ मत प्राप्त गर्नुभयो ।




वडा नम्बर ९ बाट काँग्रेसको प्यानल नै विजयी भएको छ । यसअघि २०७४ मा यस वडाबाट नेकपा एमालेले वडा अध्यक्षमा जित हासिल गरेको थियो ।

महिला वडा सदस्यमा नेपाली काँग्रेसका गमता भट्टराई पाण्डे ५३२ मत सहित विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका कल्पना देवकोटाले मात्र ३७९ मत प्राप्त गर्नुभयो ।

दलित महिला वडा सदस्यमा काँग्रेसका विन्दुमाया विक ५३० मत सहित विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका सममायाँ बोहराले ३७१ मत प्रप्त गर्नुभएको छ ।

सदस्यमा नेपाली काँग्रेसका दिनेश कुमाल ४५८ मत र ज्ञानप्रसाद खनाल ४७१ मत सहित विजयी हुनुभयो ।

 

सदस्यमा प्रतिस्पर्धीहरु राप्रपाका छबिलाल सापकोटा ८२ मत, एमालेका भवानी वर्तौला ३९० मत र ललितबहादुर गुरुङ्ले ३६२ मत प्राप्त गरेका छन् । यसअघि वडा सदस्यमा निर्वाचित वर्तौला भने यसपटक पराजित हुनुभएको छ ।

 




सम्बन्धित
Loading...