मंगल ग्रहमा देखियो ढोका : के अन्य ग्रहका मानिसहरू साँच्चै त्यहाँ बस्छन् ?


 




अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको छिमेकी ग्रह मंगल ग्रहमा पठाएको ‘क्युरियोसिटी’ रोभरले त्यहाँबाट चकित पार्ने तस्बिर पठाएको छ ।

 


यो तस्बिरमा मंगल ग्रहको कडा चट्टानमा निकै राम्रोसँग काटिएको गुफाको मुख देखिन्छ । ढोका जस्तो आकारको यो आकारलाई लिएर पछिल्ला केही दिनदेखि धेरै प्रश्न उठिरहेका छन् ।

 

कतिपयले यसलाई ‘ढोका’ आकारको रूपमा व्याख्या गरेका छन् भने धेरैले यो ‘मार्ग’ पृथ्वीबाहेक अन्य सभ्यताका मानिसले बनाएको हुनुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् ।

 

तर सन् २०१२ देखि मंगल ग्रहको जानकारी पठाउँदै आएको रोभरले खिचेको यो तस्बिरको राम्रो व्याख्या पेश गर्नुपर्ने आवश्यकता महसुस भएको छ । नासाले यो सबै मानिसहरुको दृष्टिकोण मात्रै भएको बताएको छ ।

कसरी बन्यो होला यो आकृति ?

 

नासाले ७ मेमा क्युरियोसिटी रोभरले खिचेको मंगल ग्रहको सतहको यो तस्बिर सार्वजनिक गरेको हो । नासाले यो तस्बिर ‘सोल ३४६६’ सिरिजको एक एपिसोडको रूपमा पहिचान गरेको छ । यसलाई ‘मार्स एक्सप्लोरेसन प्रोग्राम’ को वेबसाइटमा धेरै फ्रेममा सार्वजनिक गरिएको छ ।

 

यो सार्वजनिक भएपछि, इन्टरनेटमा मानिसहरूले यसको आकार र यसको ‘ढोका’ वा ‘मार्ग’ बारे विभिन्न सिद्धान्तहरू प्रस्तुत गर्न थालेका छन् ।

 

तर यो तस्बिर विशेष श्रृखंला को एउटा भाग मात्र हो ।  र जब यसलाई पूर्णतामा हेरिन्छ, यसको आकार प्रति दृष्टिकोण अलि परिवर्तन हुन्छ ।

 

नासाले बीबीसी मुन्डोलाई भन्यो, ‘यो कुनै चट्टानमा भएको सानो दरारको धेरै, धेरै, धेरै ठूलो सट हो ।’

 

यो आकृतिको पूर्णता बुझ्न, यसको तल दिइएको तस्बिर हेर्न सक्नुहुन्छ । यसमा देखिए अनुसार जेजेरो क्रेटरको चट्टानमा यो दरार एकदम सानो छ । स्मरण रहोस्, यो क्रेटर केहि हप्ता अघि क्युरियोसिटी रोभरले पत्ता लगाएको हो ।

 

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) का वैज्ञानिकहरूले यो दरारको आकार निकै सानो अर्थात ४५ सेन्टिमिटर लामो र ३० सेन्टिमिटर चौडाइ भएको बताएका छन् ।

उत्सुकता पैदा गर्ने फ्र्याक्चरः

 

यो फ्र्याक्चरले पछिल्ला केही दिनमा धेरै विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ ।

 

बेलायतका भूगर्भशास्त्री नील हजसनले मंगल ग्रहको भू–आकृतिहरुको धेरै अध्ययन गरेका छन् । उनी भन्छन्, ‘तस्बिर ‘जिज्ञासु’ छ तर रहस्यमय छैन ।’

 

उनले लाइभ साइन्स नामक वेबसाइटलाई भने, ‘छोटकरीमा भन्ने हो भने यो मलाई प्राकृतिक क्षरण भएको जस्तो लाग्छ । यस चित्रमा देखिने चट्टानको बनावटमा सिल्ट र बालुवाका धेरै तहहरू छन् ।’

 

हजसनले भने, ‘यो चट्टान बन्ने स्थितिमा लगभग ४०० करोड वर्ष अघि यी त्रि जम्मा हुँदै गयो । यो तह सम्भवतः नदीमा ढिस्कोको रूपमा वा हावाको झोंक्काले जम्मा भएको थियो ।’

 

सतह भाच्चिँदा स्वभाविक रूपमा त्यस्ता दरारहरू सिर्जना हुन सक्छ । तर यस प्रकारको क्षरण तब हुन्छ जब माथिदेखि तलसम्म फ्र्याक्चर हुन्छ र चट्टानको तहहरू काटिन्छन् ।-बिबिसि

 

 




सम्बन्धित
Loading...