कावासोती ३ का जनप्रतिनिधिहरुको पहिलो निर्णय, विपन्न परिवारलाई छात्रवृत्तिदेखि सुत्केरीलाई पोषण सामग्री


 




नवलपुर । पूर्वी नवलपरासीको कावासोती ३ का नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो वैठकले ४ वटा निर्णय गरेको छ ।

 

कावासोती ३ का वडाध्यक्ष डोरमान गिरीका अनुसार कावासोती ३ को वडा कार्यालयको सोमबार बसेको पहिलो वैठकले ४ वटा निर्णय गरेको हो ।

 




आज भएको पदभार ग्रहण पछिको पहिलो वैठकले वडा भित्र रहेका विपन्न परिवारका २० जना विद्यार्थीलाई प्रति विद्यार्थी १० हजारसम्म छात्रवृत्ति दिने निर्णय गरेको छ ।

 

त्यसैगरी कावासोती नगरपालिका भित्रका महिला सरकारी अस्पतालमा गएर सुत्केरी भए वापत सुत्केरी पोषणयुक्त आहार १ किलो घिउ, एक क्यारेट कुखुराको अण्डा र १ किलो मह दिने निर्णइ भएको छ ।

त्यसैगरी हरेक बर्ष जेष्ठनागरिकहरुलाई पुनर्मिलन कार्यक्रम राखेर हरेक बर्ष जेष्ठनागरिक सम्मान कार्यक्रम गर्ने र वडा भित्र रहेको विपन्न परिवारलाई विजुली र धारा जडानका लागि सिफारिस दस्तुर नलिने निर्णय गरेको वडाध्यक्ष गिरीले दाउन्ने न्यूजलाई बताए ।

 




सम्बन्धित
Loading...