नेपालको राज्य व्यवस्था बहुदलीय कि दुई दलीय ?





नेत्र रानाभाट –

भरखरै देशमा स्थानीय चुनाब सम्पन्न भएको छ । मतगणना र परिणाम आउने क्रम जारी नै र केही समय पश्चात चुनाबी परिणाम पनि अन्तिम हुने नै छ । चुनावी परिणामवाट बिजयी पार्टी र तिनका नेता कार्यकर्ताहरु खुशी हुने र पराजितका नेता कार्यकताहरु निराश हुनु त स्वभाविकै भयो ।

 




पराजीत हुनेहरुले बिजयी हुनेलाई चुनावमा खरिद बिक्री गरेको, सत्ता र शक्तिको चरम दुरुपयोग गरेको, धाँधली गरेको, भनी बिपक्षीलाई आरोप लगाउने र गठबन्धनमा रहेकालाई घात प्रतिधात गरेको, धोखाधडी दिएको भनी लगाउने आरेपलाई कथित लोकतन्त्रको सुन्दर पक्ष नै मानिन्छ । चुनाब केहि स्थान स्थगित पनि भए । छिटफुट स्थानमा भएको स्थगित मतदान पनि छिटै गर्ने निर्वाचन आयोगको तयारी छ ।

 

देउवा गठबन्धन र ओली गठबन्धनका पार्टीहरुले चुनावमा धाधली गरेको एक अर्कामा आरोप प्रत्यारोप पनि लगाई रहेका पनि छन्, यो संसदीय शासन व्यवस्था र त्यसले गराएको चुनावको सौन्दर्यता भित्र नै पर्दछ । प्राप्त मत परिणाममा फलानो पालिकामा फलानो पार्टीको फलानो उम्मेदवार बिजयी,……….फलानोे पालिकामा फलानो पार्टीका फलानो भारी मतान्तरले बिजयी…………….यस्तै यस्तै समाचारले सामाजिक सञ्जाल देखि स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुका पृष्ठहरु रंगाइएकोप्रति यो स्तम्भकारको ध्यान आकृष्ट भयो र मनमा कौतुलताका साथ प्रश्नहरु उठे की नेपाली राज्य व्यवस्था बहुदलीय की दुईदलीय ?

 

सम्पन्न स्थानीय निर्बाचन मुलतः पाँच दलीय सत्तापक्षीय गठनबन्धन र घोेषित अघोषित एमाले वरीपरीको अर्को प्रतिपक्षी गठबन्धन वा मोर्चा बिच नै प्रतिष्पर्धा भयो । यिनका चुनावी एजेण्डा र नारा पनि एकै किसिमका रहे । गठबन्धनका तौरतरिकाले र चुनाव जित्नका लागी अपनाएका हतकण्डाले त देशमा दुई दलियताको अभ्यास गरिएको संकेत गर्दछ ।

 

यद्यपी क्षेत्रिय तथा साना केही दलहरु पनि चुनाबमा सहभागी छन् तर तीनका हैसियत अत्यन्त कमजोर मात्रै होइन की अस्तित्व संकटमा पर्दैछ र यही अवस्था रहरिहेमा यी दलका आगामी चुनाबहरु झनै कठिन र कष्टकर हुने निश्चितै देखिएको छ ।

अझ दुखका कुरा त दोश्रो कार्यकाल दोहोर्याउने पार्टीका उम्मेदवारहरुले त पाँच बर्षको कार्यकालमा जन अपेक्षित गर्न नसकिएका कामहर अनुभवका आधारमा अव गर्ने प्रतिवद्धता समेत लज्जाष्पद रुपमा राखे । यसले हाम्रो लोकतान्त्रिक संसदीय शासन ब्यवस्था माथि प्रश्न उठ्दैन र ? आपूलाइ प्रजातान्त्रिक समाजबादको ठेकेदार सम्झने देउवा नेतृत्वको सत्तापक्षीय अपवित्र गठबन्धन र जनताको बहुदलीय जनवादको प्रणेता मान्ने ओली नेतृत्वको पवित्रहिन घोषित अघोषित चुनाबी मोर्चा वा गठबन्धनले नेपाली जनतालाई जवाफ दिनु पदैन ? नेपाली शासन व्यवस्था बहुदलीय की दुई दलीय ?




सम्बन्धित
Loading...