अबकाे चुनावमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र





सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।

 

निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाईनेछ । ’

 


लामो समयदेखि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा मतदान गर्न पाउनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

 

गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र

 

सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गैरआवासीय नेपालीलाई परिचयपत्र दिने घोषणा गरिएको हो ।

गैरआवासीय नेपालीले लामो समयदेखि दोहोरो नागरिकताको माग गर्दै आएका छन् । तर, सरकारले तत्काललाई रेमिट्यान्स बढाउन प्रोत्साहन गर्ने गरी डिजिटल परिचयपत्र जारी गर्ने घोषणा गरेको हो ।

 

‘विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने नीति लिइनेछ । कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘ विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराइनेछ ।’

 




सम्बन्धित
Loading...